• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ बैशाख २०८३, सोमबार
२८ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • ९ घण्टा 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • ९ घण्टा 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • १० घण्टा 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १२ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १३ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १४ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १६ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • २. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

जानकारी केन्द्र २०८२, चैत्र, २८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ‘नाइमा’ की अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बधाई तथा शिष्टाचार भेटघाट गरेको छ । उक्त भेटघाटका क्रममा नाइमाले अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ ।

नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ ।

यसैगरी समग्र कर भार घटाउने, कर संरचनालाई सरल र सन्तुलित बनाउने तथा सवारी साधन खरिदका लागि ८०% सम्म कर्जा र २०% डाउन पेमेन्ट रहने हायर पर्चेज व्यवस्था कायम गरी वित्तीय पहुँच सहज बनाउन माग गरिएको छ ।

नाइमा अनुसार, आर्थिक ऐनअनुसार भन्सार क्लियरन्स भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यवसायिक वातावरणमा अन्योल र अनिश्चितता सिर्जना गरेको उल्लेख गरिएको छ । विद्युतीय तथा हाइब्रिड सवारी साधनहरूको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवहार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा सुझाव दिएको छ । साथै, ‘मेक इन नेपाल’ अन्तर्गत एसेम्बलिङ उद्योग प्रवद्र्धन र दीर्घकालीन नीतिगत स्थिरतामा जोड दिएको छ ।

भेटघाटमा अर्थमन्त्री वाग्लेले प्रस्तुत सुझावहरूलाई अत्यन्त सान्दर्भिक रहेको बताउँदै, देशका आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट एकीकृत रूपमा यस्ता सुझावहरू प्रस्तुत गरेकोमा नाइमालाई धन्यवाद व्यक्त गरे । साथै, नाइमाद्वारा प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा यथासम्भव समेट्ने पनि बताए ।

यसै क्रममा नाइमाको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालसँग पनि बधाई तथा शिष्टाचार भेटघाट गर्दै समसामयिक विषयहरूमा गहन छलफल गरेको छ । मन्त्री लम्सालले यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताए ।

नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको एकीकृत प्रतिनिधित्व गर्ने संस्था हो, जसले नीति सुधार, उद्योग प्रवद्र्धन तथा दिगो गतिशीलताको क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको बताइएको छ। यस संस्थामा आबद्ध सदस्यहरूले राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान पुर्याउनुका साथै ठूलो मात्रामा रोजगारी सिर्जना गरेका छन् र आधुनिक, सुरक्षित तथा दिगो यातायात प्रणाली विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

  • NAIMA
  • नाइमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

ताजा

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.