काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैँयाले उकालो लाग्दै ३ लाख २ हजार ७ सय रुपैँया पुगेको छ । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै गरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५५ रुपैँयाले वृद्धि भएर ५ हजार २ सय २० रुपैँया कायम भएको छ भने जुन मंगलबार ५ हजार ६५ रुपैँयामा कारोबार भइरहेको थियो ।
पछिल्ला दिनहरुमा अन्तराष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि बहुमुल्य धातुको मूल्य निरन्तर उतारचढावमा देखिएको छ ।


