१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
काठमाडौँ । साताको पहिलो दिन सोमबार नेप्से इन्डेक्स नेपाल १३.१७ अंकले घटेर २८२५ बिन्दुमा झरेको छ । बजार खुल्नेबित्तिकै केही समय उकालो लागेर २८४५ विन्दुसम्म पुगे पनि त्यसपछि निरन्तर दबाबमा देखियो ।
कारोबार रकम पनि घट्दैै ७ अर्ब ४६ करोड बाट ५ अर्ब ४३ करोडमा सिमित भयो । आज ६५ कम्पनीले मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ६ कम्पनी स्थिर रहनुका साथै जसले बजारमा कमजोर मनोबल देखाएको छ ।
समूहगत रुपमा होटल तथा पर्यटनबाहेक सबै क्षेत्र ओरालो लागेका छन् । बैँकिंग,फाइनान्स,बिमा,हाइड्रोपावरलगायत सूचकहरु घटेपनि गिरावट दर १ प्रतिशतभित्रै सीमित रहेका छन् ।
नयाँ १५ प्रतिशत उतारचढाव नियम लागू भएसँगै सूर्यकुण्ड हाइड्रो,होटल फरेस्ट इन,पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्य तीव्र बढेको छ । तर दोल्ती पावर र एसियन हाइड्रोपावर गिरावट देखिँदा समग्र बजार भने दबाबमै रह्यो ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
