Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, ९
ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

काठमाडौं । यातायात व्यवस्था विभाग ले विद्युतीय सवारी साधन (ईभी) को भाडादर नबढाइएको स्पष्ट पारेको छ। विभागका अनुसार हालै गरिएको भाडा समायोजन केवल डिजेल इन्जिन भएका सार्वजनिक सवारी साधनमा मात्र लागू भएको हो।

विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित प्रणालीअनुसार गत चैत २५ गते भाडा वृद्धि गरिएको भए पनि उक्त निर्णय ईभीमा लागू नहुने जनाएको छ। केही विद्युतीय सवारी साधनहरूले पनि बढेको भाडा असुल गरिरहेको तथा यात्रुलाई टिकट नदिएको गुनासो आएपछि विभागले आधिकारिक धारणा सार्वजनिक गरेको हो।

विभागका अनुसार ईभीमा साविककै भाडादर कायम रहनेछ। साथै यात्रुले तिरेको भाडाको अनिवार्य टिकट दिनुपर्ने व्यवस्था रहेको भन्दै सबै सेवा प्रदायकलाई सोहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको छ। नियम विपरीत बढी भाडा असुल्ने वा टिकट नदिने विद्युतीय सवारी साधनमाथि ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ अनुसार कडा कारबाही गरिने चेतावनी विभागले दिएको छ।

Top Changing Nepal

युट्युब सट्स