काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२/८३ को माध्यमिक शिक्षा परीक्षाको नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहँदा, स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रा.लि.) ले यस वर्ष पनि मोबाइलमार्फत नतिजा उपलब्ध गराउने सेवा सञ्चालन गर्ने जनाएको छ। कम्पनीले विगत १६ वर्षदेखि एसईई नतिजा सेवामा सहकार्य गर्दै आएको बताएको छ।
बोर्डले परीक्षा सकिएको करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेकाले ५ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकलाई सहज रूपमा नतिजा उपलब्ध गराउन ३५००१ सर्टकोडमार्फत सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ। वेबसाइटमा अत्यधिक ट्राफिकका कारण समस्या नआओस् भनेर उच्च क्षमताको प्राविधिक पूर्वाधार तयार गरिएको पनि कम्पनीले उल्लेख गरेको छ।
१६ वर्षदेखिको डिजिटल यात्रा
स्प्यारो एसएमएसले सन् २०१० देखि नेपालमा मोबाइलमार्फत परीक्षा नतिजा हेर्ने सेवा सुरु गरेको थियो। कम्पनीका अनुसार ‘क्याम्पस स्टार्टअप’ बाट सुरु भएको सेवा अहिले राष्ट्रिय डिजिटल पूर्वाधारको महत्त्वपूर्ण हिस्साका रूपमा विकास भएको छ। इन्टरनेटको पहुँच नभएका स्थानमा पनि सामान्य मोबाइलमार्फत नतिजा हेर्न सकिने सुविधा यस सेवाको विशेषता रहेको बताइएको छ।
स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले विद्यार्थीको महत्वपूर्ण समयमा सहज सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए। उनका अनुसार ३५००१ सर्टकोडमार्फत देशका जुनसुकै स्थानमा रहेका विद्यार्थीले छिटो र सहज रूपमा आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्।
एसएमएसबाट एसईई २०८३ को नतिजा कसरी हेर्ने ?
नतिजा सार्वजनिक भएपछि विद्यार्थी तथा अभिभावकले आफ्नो मोबाइलको मेसेज बक्समा गई निम्न प्रक्रिया अपनाएर जीपिए सहितको नतिजा प्राप्त गर्न सक्नेछन्–
१. मोबाइलको मेसेज एप खोल्ने
२.एसईई (आफ्नो सिम्बोल नम्बर) टाइप गर्ने
३. उक्त मेसेज ३५००१ मा पठाउने
उदाहरण : SEE 12345678A टाइप गरी ३५००१ मा पठाउने।
स्प्यारो एसएमएस नेपालको अग्रणी म्यासेजिङ प्लेटफर्म तथा आधिकारिक ‘मेटा टेक प्रोभाइडर’ रहेको बताइएको । कम्पनीले नेपाल सरकार, बैंक तथा शैक्षिक संस्थासहित ८,००० भन्दा बढी संस्थालाई सेवा प्रदान गर्दै आएको जनाएको छ। भूकम्प सचेतना, श्रम स्वीकृति प्रमाणीकरणदेखि एसईई नतिजासम्मका सेवामा स्प्यारो एसएमएस सक्रिय रहँदै आएको बताइएको छ।


