• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • १५ घण्टा 

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
  • १५ घण्टा 

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट
  • १६ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • २४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २४ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १ दिन 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • ४. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ६. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ७. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ८. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • १०. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास

जानकारी केन्द्र २०८३, बैशाख, २९

काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले शुक्रबार ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम सफलतापूर्वक आयोजना सम्पन्न गरेको छ।

कार्यक्रम काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट संचालक, व्यवसायिकअपरेटर तथा प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूको अनुभव र अपेक्षाबारे खुला र अर्थपूर्णछलफल गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूको प्रतिक्रिया लिनु रहेको थियो।

ग्राहकहरूलाई आफ्ना स्वामित्व अनुभव, सेवासम्बन्धी आवश्यकता तथा सुझाव एवम् इमान्दार प्रतिक्रियाहरू प्रत्यक्ष रूपमा साझा गर्ने अवसर प्रदान गरिएको थियो। सम्भावित खरिदकर्ताहरूले पनि फोटोनका विभिन्न कमर्सियल सवारी साधनबारे थप जानकारी लिन र फोटोन नेपाल टिमलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर पाएका थिए। यस्तो प्रत्यक्ष संवादले बिक्रीपछि पनिग्राहकसँगको सम्बन्ध निरन्तर रहने फोटोन नेपालको विश्वास छ।

शहरी सामान ढुवानी, स्कुल यातायातदेखि फ्लीट सञ्चालन र व्यवसायिक यात्रासम्म समेट्ने कमर्सियल यातायातका लागि काठमाडौँ, नेपालकै सबैभन्दा सक्रिय बजारमध्ये एक रहेको बताइएको छ । यस कार्यक्रम मार्फत फोटोन नेपालले काठमाडौं, ललितपुर र भक्तपुरका बढ्दो मोबिलिटी आवश्यकताहरूलाई अझ राम्रोसँग बुझ्ने र सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ।

आफ्टर-सेल्स सर्भिस सम्बन्धी विषय नै कार्यक्रमको प्रमुख छलफल बिन्दुहरूमध्ये एक बन्नुका साथै ग्राहकहरूले सेवाको पहुँच, स्पेयर पार्ट्सको उपलब्धता, मर्मत गुणस्तर तथा प्रतिक्रिया समयबारे आफ्ना विचारहरू व्यक्त गरेका थिए।

संकलित प्रतिक्रिया एमएडब्लू वृद्धिले सेवा मापदण्ड सुधार गर्न र ग्राहकको समग्र स्वामित्व अनुभवलाई अझ सहज र भरपर्दो बनाउन प्रयोग गर्नेछ। नेपालमा कमर्सियल ईभीको अपनत्व बढ्दै गइरहेको सन्दर्भमा, फोटोन नेपालले आफ्नो ईभी इकोसिस्टम प्रति विश्वास बढाउने अवसर पनि लियो। विद्यमान ग्राहकहरूलाई एमएडब्लू वृद्धि मार्फत प्रदान गरिने ईभी इकोसिस्टम तथा आफ्टर-सेल्स सपोर्ट नेटवर्कबारे आश्वस्त पारिएको थियो।

फोटोन नेपालको विस्तार हुँदै गएको देशव्यापी नेटवर्कले ग्राहकहरूलाई विश्वसनीय सर्भिस सपोर्ट, जेनुइन स्पेयर पार्ट्स र दक्ष प्राविधिक सहयोग प्रदान गर्दै आएको छ, जसले शहरी तथा क्षेत्रीय दुवै ग्राहकलाई प्रभावकारी सेवा सुनिश्चित गर्ने बताएको छ । फ्लीट परामर्श, उत्पादन डेमो वा आफ्टर-सेल्स सपोर्टका लागि नजिकैको फोटोन शोरुम वा सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ।

एमएडब्लू वृद्धि कमर्सियल नेपालमा कमर्सियल सवारी साधन आपूर्तिकर्ता कम्पनी हो, जो उत्कृष्ट मोबिलिटी सोलुसन्स विकास गर्न र उपलब्ध गराउन क्रियाशील रहेको जनाइएको छ। कम्पनी फोटोन सवारी साधनको आधिकारिक वितरक हो र विश्वसनीयता, प्रदर्शन तथा ग्राहक सन्तुष्टिमा आधारित सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ।

देशभर फैलिँदै गएका शोरुम र सर्भिस सेन्टरहरूको नेटवर्कमार्फत एमएडब्लू वृद्धि कमर्सियलले व्यवसायिक ग्राहकहरूलाई उच्च गुणस्तरका सवारी साधन तथा विश्वस्तरीय आफ्टर-सेल्स सर्भिस उपलब्ध गराउँदै आएको जनाएको छ।

  • कस्टमर मिट एण्ड ग्रिट
  • फोटोन
  • फोटोन नेपाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

ताजा

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.