नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
काठमाडौं । नेपाल टेलिकम ले नयाँ प्रिपेड ई–सिम अब अनलाइनमार्फत लिन सकिने सुविधा सुरु गरेको छ । यससँगै नयाँ ई–सिम लिन सेवाग्राही स्वयं टेलिकम कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको कम्पनीले जनाएको छ ।
सेवाग्राहीले नेपाल टेलिकम मा लगइन गरी ‘Get New Prepaid eSIM’ विकल्पमार्फत आवश्यक विवरण दर्ता गर्न सक्नेछन् ।
त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत शुल्क भुक्तानी गरेपछि ई–सिमको क्यूआर कोड उपलब्ध हुनेछ । उक्त क्यूआर कोड मोबाइलको सेटिङमार्फत स्क्यान गरी ई–सिम सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमका अनुसार यसअघि प्रयोगमा रहेको सिमलाई पनि अनलाइनमार्फत ई–सिममा रूपान्तरण गर्न सकिने सुविधा उपलब्ध छ । साथै नयाँ फिजिकल सिमका लागि फारम भर्ने तथा ग्राहक विवरण (केवाईसी) दर्ता वा अद्यावधिक गर्ने अनलाइन सुविधा पनि सोही पोर्टलमा राखिएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
