कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
काठमाडौं । विश्वस्तरीय टायल्सलार्ई आम उपभोक्ताको पहुँचमा ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्नेछ । यस शोरूमको उद्घाटन बिहीबार भएको हो ।
यस भव्य उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइटेलको उपस्थिति रहेको थियो । साथै, कार्यक्रमका प्रमुख अतिथिहरू तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको उपस्थिति थियो । हरि ओम टंकेश्वर हार्डवेयरको व्यवस्थापन टोलीसँगै उनीहरूले स्थानीय बासिन्दाहरूलाई स्वागत गर्दै ब्रान्डका नयाँ कलेक्सनहरू प्रदर्शन गरे ।
यो नयाँ शोरुम ग्राहकहरूलाई आफ्नो घरको भित्री सजावटबारे स्पष्ट सोच बनाउन मद्दत गर्ने गरी तयार पारिएको छ । यहाँ आएर ग्राहकहरूले कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा छामेर वा हेरेर आफ्नो आवश्यकता अनुसारको छनोट गर्न सक्नेछन्।
कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने “हरि ओम टंकेश्वर हार्डवेयरसँगको यो सहकार्य काठमाडौंका उपभोक्ताहरूसम्म पुग्ने हाम्रो प्रयासको एक महत्वपूर्ण हिस्सा हो । तारकेश्वरका बासिन्दाहरूलाई कजारियाको गुणस्तर र उत्कृष्ट डिजाइनको सहज पहुँच दिलाउँदै उहाँहरूको घर निर्माण वा सजावटको सपनालाई साकार पार्न हामी प्रतिबद्ध छौँ ।”
यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको बताइएको छ । जरंखु र आसपासका क्षेत्रका बासिन्दाहरूलाई टायल डिजाइनको नवीनतम अनुभव लिन शोरुम भ्रमण गर्न आग्रह गरेको छ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।
गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद्को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ । यसैलाई निरन्तरता दिँदै कजारियाले हालै एनएस क्वालिटी अर्वाड २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको बताइएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको जनाएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको बताएको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी. र ४० x ४०से.मी. ८मि.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४०x४०से.मी.१२ मि. मी. तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.(एचडी पोलिस) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
