Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, ४
सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँ घटेको सुनको मुल्य आज प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स