वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
काठमाडौं । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए । उनले चालु आवको पेटोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताए । जबकि गत आवको १० महिनामा भने छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेटोलियम पदार्थको आयात भएको छ । त्यसैगरी, सोही अवधिमा ६९ अर्ब ४२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । त्यसैगरी रु ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चातेल आयात भएको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
