इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तथा सुरक्षित गन्तव्यका रूपमा चिनिएको इजरायलले नेपाली कामदारका लागि ठूलो अवसर खुलाएको छ। नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा सहायक कामदार (केयरगिभर) का रूपमा काम गर्न २ हजार ३ सय नेपाली कामदारको माग गरिएको हो ।
वैदेशिक रोजगार विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै कुल मागमध्ये ६० प्रतिशत अर्थात् १ हजार ३ सय ८० जना महिला तथा ४० प्रतिशत अर्थात् ९ सय २० जना पुरुष कामदार छनोट गरिने जनाएको छ ।
छनोटमा परेका कामदारले इजरायलका विभिन्न समूहगत आवास तथा व्यक्तिगत अपार्टमेन्टमा बसोबास गर्ने वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको स्याहार, दैनिक हेरचाह तथा आवश्यक सहयोगसम्बन्धी कार्य गर्नुपर्नेछ ।
विभागले उम्मेदवारका लागि निश्चित योग्यता र मापदण्ड तोकेको छ । आवेदन दिन इच्छुक व्यक्तिको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, न्यूनतम उचाइ १.५ मिटर (करिब ४ फिट ११ इन्च) र तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्ने व्यवस्था गरिएको छ ।
शैक्षिक योग्यताअनुसार उम्मेदवारले कम्तीमा एसईई (कक्षा १०) उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा न्यूनतम १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ । वैकल्पिक रूपमा, प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने सर्त राखिएको छ ।
यस्तै, आवेदन दिने व्यक्ति यसअघि इजरायलमा काम गर्न नगएको हुनुपर्नेछ । साथै, उनका नजिकका परिवारका सदस्य हाल इजरायलमा बसोबास वा रोजगारीमा संलग्न नरहेको हुनुपर्ने प्रावधान समेत उल्लेख गरिएको छ ।
इजरायल पुगेपछि कामदारले न्यूनतम मासिक ५ हजार ८ सय ८१ इजरायली मुद्रा (नेपाली रुपैयाँमा करिब दुई लाखभन्दा बढी) तलब प्राप्त गर्नेछन् । यसबाहेक ओभरटाइम सुविधा, वार्षिक बिदा तथा खाना सम्बन्धी सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ ।
रोजगारदाताले इजरायली कानुनअनुसार आवासको व्यवस्था गर्ने भएपनि त्यस सम्बन्धी तोकिएको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ । प्रारम्भिक करार अवधि एक वर्षको हुनेछ भने आवश्यकताअनुसार अधिकतम पाँच वर्षसम्म नवीकरण गर्न सकिने व्यवस्था छ ।
इच्छुक र योग्य उम्मेदवारहरूले वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन पोर्टल ाभचmक।मयाभ।नयख।लउ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन अवधि सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात् आगामी २०८३ साल असार ७ गते दिउँसो १२ बजेसम्म तोकिएको छ ।
आवेदनका क्रममा राहदानी, हालसालै खिचिएको फोटो, शैक्षिक प्रमाणपत्र, केयरगिभिङ तालिम सम्बन्धी प्रमाणपत्र तथा नेपाल प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) डिजिटल स्वरूपमा अपलोड गर्नुपर्नेछ ।
विभागका अनुसार प्रारम्भिक मापदण्ड पूरा गरेका उम्मेदवारको विवरण ‘नेमचेक’ प्रक्रियाका लागि इजरायल पठाइनेछ । स्वीकृति प्राप्त उम्मेदवारबीच पारदर्शी गोलाप्रथा (लक्की ड्र) मार्फत अन्तिम छनोट गरिने जनाइएको छ ।
विभागले सम्पूर्ण प्रक्रिया प्राविधिक, पारदर्शी र निष्पक्ष हुने दाबी गर्दै हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा, वैदेशिक रोजगार कल्याणकारी कोष शुल्क तथा अभिमुखीकरण तालिम खर्च कामदार स्वयंले बेहोर्नुपर्ने स्पष्ट पारेको छ । साथै, कुनै बिचौलियाको प्रभाव वा प्रलोभनमा नपरी आधिकारिक सूचना र प्रक्रियामा मात्र विश्वास गर्न सबैलाई आग्रह गरेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
