गुरु एक, ज्ञान अनेक
अज्ञातनताबाट ज्ञानको उज्यालोतर्फ समाजलाई डोहो¥याउने कर्तव्य र दायित्व बोकेका गुरुहरूलाई हाम्रो समाजले खासै महत्व दिएको देखिदैन । हाम्रा प्राचीन ऋषि–महर्षिहरूले हाम्रा शास्त्रहरूमा गुरूलाई ठूलो स्थान, दिएका थिए । आदिमकालमा भगवान श्री कृष्णलाई जगतगुरुको रुपमा मानिएको थियो । आदिमकालमा भगवान शिव (महादेव) लाई तन्त्रशास्त्रका आदि गुरु मानिन्छ ।
विद्याद्वारा शिष्यको अज्ञानतालाई निवारण गर्ने भएकोले प्राचीनकालदेखि नै हिन्दु संस्कृतिमा गुरूलाई विशेष स्थान र मान दिइएको पाइन्छ । ’गुरू’ विना शिष्य एक्लैले लिएको ज्ञान (विद्या) अधुरो एवं अपुरो हुने भएकोले एकलब्यले पनि द्रोणाचार्य (गुरु) को मूर्ति आफैले स्थापना गरेर सोही मूर्तिलाई गुरू मानेर अस्त्र विद्याको अध्ययन गरेका थिए । वास्तवमा गुरू भनेको समाज एवं शिष्यलाई सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने पथप्रदर्शक, मार्ग निर्देशक व्यक्ति पनि हो ।
प्राचिन कालदेखि नै आमा बुवा र गुरूलाई विशेष आदर सम्मानको रुपमा सम्मान गरिने गरिएको छ । तर हिजोआज कयौं जन्मदाता बुबा आमा र गुरुहरू आफ्नै छोराछोरी र शिष्यबाट अपमानित भइरहेका छन् । शिष्यको नाताबाट गुरूको पहिचान हुने भएकोले गुरु र शिष्यको सम्बन्ध सधैं नङ र मासुको झैं हुनु पर्छ । हिजोआज परिवर्तनको नाममा यदाकदा गुरुहरू पनि आफ्नो स्थान मर्यादा र इज्जतभित्र नरहने गरेको र शिष्यहरूमा पनि आदरभाव एवं शिष्टताको अभाव महशुस गर्न थालिएको छ ।
आफूलाई शिक्षा, ज्ञान, सीप सिकाएर सत्मार्गमा डोहो¥याउने, अहोरात्र मेहनत गर्ने गुरूहरूलाई वर्षमा एकदिन सम्मान गर्ने र बा“की ३ सय ६४ दिन चाहि“ बेवास्ता गर्ने प्रचलन पनि विद्यमान छ । हिजोआज अनुशासनमा नरहने केही शिष्यहरूले गुरुलाई उसको भेषभूषा, हि“डाई, शारीरिक वनावट एवं आर्थिक अवस्था र सवारी साधनस“ग तुलना गरेर उसको उपहास गर्ने गरेको पनि पाइएको छ ।
हुन त सबै गुरुहरू मिलनसार, अनुशासित, शिष्ट, दयालु र सहयोगी नहुन सक्छन् त्यसैले सत्गुरु हुनको लागि केही विशेषताहरु हुनुपर्छ । केवल योग्यता हासिल गर्दैमा, चिटिक्क परेको पोशाक लगाउ“दैमा, मह“गो सवारी साधन चलाउ“दैमा वास्तविक गुरु बन्न सकिन्न । गुरुमा हुनुपर्ने सामान्य गुणहरू जस्तै विषयवस्तुको ज्ञान, मिठो भाषा शैली, अनुशासन, लगनशीलता, नैतिकता, समानता जस्ता व्यवहारिक ज्ञानहरू हुनु आवश्यक छ ।
गुरुले पनि शिष्य र समाजको सामु आफ्नो इज्जत मान मर्यादा र प्रतिष्ठाको ख्याल गरेर सम्यमित भएर व्यवहार गर्नु पर्दछ । बोली व्यवहार र दैनिक क्रियाकलापमा शिष्टता एवं समानता प्रदर्शन गर्न नजान्ने एकाध गुरुहरूको क्रियाकलापले गर्दा गुरुहरूप्रतिको समाजको दृष्टिकोण सम्मानयोग्य हुन सकिरहेको छैन ।
लाखौं इमानदार व्यक्तिहरूको पेशा र व्यवसायलाई एक दुईजनाको अनैतिक र असभ्य व्यवहारले बद्नाम गराउने भएकोले गुरुहरूले सम्यमित भएर सबैस“ग समान व्यवहार गर्नुपर्दछ । एकजना गुरुले हजारौ डाक्टर, पाइलट, इन्जिनियर, कुशल प्रशासक, समाजसेवी, व्यवसायी, कलाकार उत्पादन गर्छ, तर हजारौ डाक्टर, पाइलट, इन्जिनियरहरूले एकजना पनि गुरु (शिक्षक) उत्पादन गर्न सक्दैनन् ।
त्यसैले भनिन्छ शिष्य भनेको भोको व्यक्ति हो र गुरु भनेको चौरासी व्यञ्जन । चौरासी ब्यञ्जनबाट कति लिने वा खाने भन्ने कुरा शिष्यमा नै निर्भर गर्छ । तसर्थ गुरुविनाको ज्ञान अपूर्ण हुने भएकोले औपचारिक र अनौपचारिक जेजस्तो अवस्थामा पनि गुरु ज्ञान अपरिहार्य छ । गुरु पूर्णिमाको औचित्य उद्देश्य र महत्वलाई आत्मसात गर्दै गुरु र शिष्यको सम्बन्धलाई सधैं विकसित गर्न गुरु पूर्णिमाले हामी सबैलाई प्रेरणा मिलिरहोस् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
