Jankari Kendra
१० श्रावण २०८३, आईतवार

तरबुजा खेती प्रविधि

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
तरबुजा खेती प्रविधि

तरबुजा Cucurbitaceae परिवारको सदस्य हो, जसको वैज्ञानीक नाम ऋष्तचगििगक बिलबतगक रहेको छ । यसवर्ग अन्तर्गत काक्रा ,फर्सी ,इस्कुस लगायत अन्य बिरुवाहरु पर्ने गर्छन् ।तरबुजा अफ्रिकाको रैथाने बाली हो । तर्भुजा भारतमा सातौ सताब्दिमा उत्पादन गरिएको थियो भने चीनमा १०औ सताब्दिमा सुरु भएको थियो । १७औ सताब्दी सम्म भने यो यूरोपमा व्यापकरुपमा उत्पादन हुन सुरु भयो र न्यानो तापक्रम भएको ठाउमा यो बालि वर्षेनी लगाउन थालिए ।

सिराहा, सर्लाही, झापा, कपिलवस्तु नेपालको प्रमुख तर्बुजा उत्पादन हुने जिल्लाहरु हुन । नेपालमा मौसमी तर्बुजा खेती गर्दा यस्को सरदर उत्पादकत्व २१.७० मे. टन प्रती हेक्टर रह्को छ । तरबुजाका भाले र पोथी फुलहरु एउटै बोटमा तर फरक ठाँउमा हुन्छन् ।यो फल क्यारोटिनॉयड र भिटामिन । ए जस्ता तत्वहरुको महत्त्वपुर्ण माध्यम हो । यसमा फाइबर पनि पाइन्छ जसले पाचनशक्तिको विकास गर्न मद्धत पुर्याउछ । तरबुजाको सेवन गर्नाले मोटोपन, मुटुरोग र अन्य थुप्रै मृत्युजन्य रोगहरुका लागि लाभदायक मानिन्छ । सरस्वती, लक्ष्मी, किरण, सुगर कुईन लगाएतका प्रजातिहरु नेपालमा लोकप्रिय छन ।

उन्नत खेती प्रविधि:
ब्याडको तयारी:

बिरुवा पिट्मोस अथवा पोली ब्यागमा जमाइन्छ । पिट्मोस तरबुजाका बिजहरुको अंकुरणका लागि राम्रो माध्यम हो । यसले बिरुवालाइ चाहिने पोषक तत्वहरु ३५ दिन सम्मको लागि प्रदान गर्न सक्छ । सामान्यतया एक कठ्ठामा बिरुवा उब्जाउन १.५ के.जि. पिट्मोस चाहिन्छ । यसलाइ बिरुवा उब्जाउने ट्रेमा राखेर प्रयोग गर्न सकिन्छ । बेर्ना २०-२५ दिनमा सार्नको लागि तयार हुन्छ ।

बीउ दर:
तर्बुजा खेती गर्न एक हेक्टरको लागि ३०० देखि ३५० ग्राम बिउको आवश्यकता पर्दछ ।

बिरुवा अवस्थामा गर्नुपर्ने हेरचाह:
बीउलाइ एक रात भरि पानीमा भिजाउने र छायाँमा सुकाउनाले बिरुवा छिटो उम्रने सम्भावना बढाउँछ । त्यसैगरि बिज अंकुरण हुनका लागि ५-६ दिन चाहिन्छ । उचित सुर्य किरण र सिंचाइको तालमेल मिलाई काम गर्नुपर्छ । सुर्य किरणको कमी र पानी धेरै भएको अवस्थामा बिरुवा कमजोर हुन्छ ।

माटो:
तर्बुजाको लागि प्राङ्गारिक वस्तुमा प्रसस्त भयेको बलौटे दोमट माटो सबै भन्दा राम्रो मानिन्छ। यस सँगसँगै बेर्ना सारिएको जमिनमा जल निकासको उचित ब्यबस्था हुनु पनि जरुरी हुन्छ । यसका लागि माटो को पी।एचको मान ५.५ देखि ६.६ सम्म उचित रहन्छ ।

तापक्रम:
यो बिरुवा १८ देखि ३५°C भित्रको तापक्रमना राम्रो उतपादन गर्न सकिन्छ । ३५°C भन्दा माथि र १६°C भन्दा तलको तापक्रमले भने यसको फल विकासमा असर पार्न सक्छ । सापेक्षित आद्रता भने ६०-८०% चाहिन्छ ।

मल्चिङ:
एउटा सिङ्गो प्लास्टिकको रोल करिब २.५ कठ्ठा जमिन कभर गर्न सक्छ जसको मुल्य लगभग ४२०० रुपैयाँ लाग्न जान्छ । तर्बुजा लगाएको ठाउमा प्लास्टिकको मल्च प्रयोग गर्नु फाइदाजनक हुन्छ । प्लास्टिक मल्चले सिंचाई र किण्वन (फर्टिगेसन) कोञ पनि औचित्य बढाउँछ । यस्तो गर्नाले सुर्यकिरणको अभावले जमिनमा उम्रने झारहरुलाई रोक्न सकिन्छ ।

रोप्ने समय:
तर्बुजा गर्मीयामको लोकप्रिय फल हो । त्यसकारण यसलाई विशेषत फागुन-चैत महिनाको अवधि भित्र लगाइन्छ । एउटा ड्याङ्ग देखी अर्को ड्याङ्ग सम्मको दुरी ४ फिट र एउटा बोटदेखी अर्को बोट सम्मको दुरी २ फिट हुन्छ ।

काँटछाँट:
तर्बुजा धेरै हाँगाहरु फैलिने फल हो । यसको बोटमा विभिन्न किसिमका हाँगाहरु हुन्छन् जुन ४ मिटर उचाईसम्म पनि पुग्न सक्छ । तसर्थ, बिरुवामा लाग्ने पौष्टिक तथा प्राविधिक जुनसुकै किसिमको खर्च बचाउन, तर्बुजामा काँटछाँट एउटा आवश्यक क्रियाकलाप मानिन्छ । काँटछाँट गर्नाले अन्य हाँगाहरुमा लाग्ने अनावश्यक खर्च जोगाउन सकिन्छ भने चाँहिने हाँगाहरुले पनि सहि मात्रामा सबै कुरा पाउने सम्भावना बढ्न जान्छ । यो प्रक्रियाले निम्नलिखित दुईवटा कुराहरुमा मद्दत पुर्याउँछ ।

फलको विकास गर्न:
बिरुवालाई आवश्यक मात्रामा हावा प्रदान गर्न
यो गतिविधि हामीले बिरुवा सारेको (लगाएको) २५ दिनमा गर्नुपर्छ । अधिकतम् मुख्य हाँगा र पाश्वि हाँगाहरुबाट १ मिटर सम्मको फलहरु फाल्नुपर्छ। त्यसकारण, एउटा बोटमा हामीले ३,४ वटा तर्बुजा मात्र बढ्न दिने गर्छौं ।

मलखाद व्यवस्थापन/कठ्ठा:

गोबर मल स् १ कठ्ठामा १/२ टेलर, सुली २०० केजी, डिएपी: १० केजी ,पोटास: ५ केजी, चिलेटेड बोरोन: २५० ग्राम, क्याल्सियम मास्टर: ४ केजी ,कर्मा बायो: ३ केजी ,पि एन आर:७ केजी, फिब्रोनिल: २५० ग्राम जमिन तयारी गर्ने बेलामा हाल्नु पर्छ ।

बिरुवा रोपेको दिन एनपिके १९:१९:१९ (४ ग्राम रलिटर) र ह्युमिक एसिड (१:५ मिलिलिटर) दिनुपर्ने हुन्छ । दशौं दिन मा पुन एकपटक एनपिके (१९:१९:१९) र ह्युमिक एसिड दिनाले बिरुवा को राम्रो वृद्धि हुन्छ । पन्ध्रौ दिन देखी १२:६१:०(५ ग्रामरलिटर) दिन सुरु गर्नुपर्छ । बिसौँ दिनमा माइक्रो न्युटिर्यन्ट छर्नुपर्छ । पच्चिसौँ दिनमा पुन एकपटक १२:६१:० को अनुपातमा दिनु पर्छ । तिसौँ दिनमा बिरुवालाई बोरोन र क्याल्सियम छर्नुपर्छ । पैतिसौँ दिनमा युरिया (२-३ केजी) र पोटास (५ केजी/कठ्ठा ) टप ड्रेस गर्नाले फलको आकार मा वृद्धि गराउँछ । चालिसौँ दिन मा क्याल्सियम नाइट्रेट (१०० ग्रामर १६ लिटर)को प्रयोग गर्नुपर्छ ।

कटाई (Harvesting)
बिरुवा रोपेको आठौं र नवौं हप्तामा तरबूज फलको फसल कटाई सुरु गरिन्छ । एउटा पाकेको तरबूजको मुनि सेतो वा पहेलो रंग हुन्छ र रिन्ड चम्किलो देखि सुस्त हुन्छ । डाँठले तरबुजालाई भेटेको ठाउमा खैरो रंगको टेन्ड्रिल देखिनु पनि फल पाकेको सङ्केत हो ।

रोग:
फ्युजारियम विल्ट , ब्याक्टेरिल फ्रुट ब्लच ,कोत्रे रोग, सितेधुले ढुसि तर्बुजामा देखिने रोगहरु हुन । साफ ढुसिनासक (३ मिलिलिटर रलिटर) दिनाले बिरुवा अवस्थामा देखिने राइजोकटोनिया रुट रट को नियन्त्रण गर्न सकिन्छ । इसट्रेपटोसाइक्लिन (२ ग्रामरलिटर) र बाभिस्टिन (२ ग्रामरलिटर)ले ब्याक्टेरियाले गर्ने हानीबाट बिरुवालाई जोगाउँछ ।

किराहरु:
थ्रीप्स र माइट्स तर्बुजामा लाग्ने प्रमुख किराहरु हुन भने फलमा लाग्ने झिंगा (fruit fly) र रेड पम्प्किन बिटलले पनि केही मात्रामा क्षति पुर्याको देखिन्छ । थ्रीप्सको नियन्त्रण को लागी जम्प (२ ग्राम/१६ लिटर) किङ गार्ड(१० ग्राम/ १६ लिटर) र माइट्स को लागी (सल्फर भएको ढुसिनासक) प्रयोग गर्नुपर्छ । Pheremone Trap फेरोमेन ट्र्याप बारीमा राख्दा फलमा लाग्ने झिँगा(Fruit fly) को राम्रो नियन्त्रण हुन्छ ।

छिटो समयमा उत्पादन हुने र राम्रो आम्दानी दिने भएका कारण पछिल्लो समयमा तरबुजा खेती फस्टाएको देखिन्छ । उचित मल जलको ब्यवस्थापन र समयमै किरा र रोगको नियन्त्रण गर्ने हो भने खेती निकै लाभदायक रहनेछ ।

-निकेश तिमल्सेना/रशिश बराल

युट्युब सट्स