नारायणगढ-मुग्लिङ खण्डमा बस र तेल बोकेको ट्यांकर ठोक्किँयो, १५ जना घाइते
जानकारी केन्द्र
२०८१, श्रावण, ६
काठमाडौं। चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग२ख १४०१ नं. को बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नं.को पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए । घाइतेमध्ये एक जना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
