• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष २३, २०८२
बुधबार, पुष २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?

नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

हुस्सुले तराईमा जनजीवन प्रभावित

२०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष २२ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन, राहत र समन्वयलाई संस्थाकरण बनाइँदै

  • ७. इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव

  • ८. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. आजदेखि स्वस्थानी व्रत आरम्भ, नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?

  • १०. रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड, ५ लाखभन्दा बढी आवेदकको हात खाली

बिहेको विचित्र परम्परा : तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने

हरेक धर्म, समुदाय तथा मुलुकमा विवाहका आ आफ्नै रितिरिवाज तथा परम्पराहरु छन् । हाम्रो देशमा पनि विभिन्न समुदायमा अनेक खालका बिहे संस्कारहरु रहेको पाइन्छ । जसमा छोरीलाई चिउरीको बोट दाइजो दिनेदेखि, सम्धी लडाइँ गर्ने र छोरीलाई विषयको प्याला दिनेसम्मका ।

उता इण्डोनेसियामा पनि योभन्दा झनै अनौठो बिहे संस्कार छ । त्यहाँको एक समुदायमा बिहे गरेको तीन दिनसम्म नवविवाहित बेहुला बेहुलीलाई शौचालय जान प्रतिबन्ध लगाइन्छ ।

हो, इण्डोनेसियाको टिडंग समुदायमा यस्तो अनौठो परम्परा छ । यो परम्पराका विषयमा उक्त समुदायमा विभिन्न आस्था तथा मान्यताहरु छन् । त्यसैले उनीहरु यसलाई निकै महत्वपूर्ण मानेर पूर्णरुपमा पालना गर्दछन् ।

विवाह एक पवित्र समारोह हो र यदि नवविवाहित बेहुला बेहुलीहरु शौचालय गएमा त्यसले पवित्रता भंग गर्दछ र उनीहरु अशुद्ध बन्दछन् भन्ने मान्यताका साथ बिहेको तीन दिनसम्म बेहुला बेहुलीलाई ट्वाइलेट जान दिइँदैन । अटेर गरेर ट्वाइलेट गएमा त्यसलाई अशुभ मानिन्छ ।

यो परम्पराका पछाडिको अर्को कारण चाहिँ नवविवाहित जोडीलाई खराब नजरबाट बँचाउनु हो रे । उक्त समुदायमा के मान्यता छ भने मलमुत्र त्याग गर्ने ठाउँ अर्थात् ट्वाइलेट दुर्गन्धित हुने हुनाले त्यहाँ नकारात्मक शक्तिहरु हुन्छन् । यदि बिहे लगत्तै बेहुला बेहुली ट्वाइलेट गएमा उनीहरुमाथि नकारात्मकताको प्रभाव पर्न सक्दछ । त्यसले उनीहरुको दाम्पत्य जीवनमा समस्या ल्याउन सक्दछ र सम्बन्धमै फाटो आएर दाम्पत्य जीवन नै टुट्न सक्दछ भन्ने मान्यता सो समुदायमा रहेको छ ।

बिहेको तुरुन्तै पछि यदि बेहुला बेहुलीले शौचालयको प्रयोग गरेमा त्यो उनीहरुका लागि निकै हानिकारक हुनसक्ने मान्यता उनीहरुमा छ । त्यसो गर्दा दुईमध्ये कुनै एकजना ज्यानमै खतरा हुनसक्छ भनिन्छ ।

विवाहको तीन दिनसम्म ट्वाइलेट जान नपाउने परम्परा सजिलैसँग निभाउन सकुन् भन्नका लागि बेहुला बेहुलीलाई खाना तथा पानी कम दिइन्छ । उनीहरुको कडारुपमा निगरानी पनि गरिन्छ ।

नवविवाहित जोडीलाई तीन दिनसम्म घरभित्रै नजरबन्दमा राख्ने यो परम्परा पूर्ण पालना गर्दा बेहुला बेहुलीमा बलियो आत्मीय सम्बन्ध कायम हुने र स्वस्थ तथा खुसी बच्चा जन्मिने विश्वास रहिआएको छ ।

विज्ञहरुका अनुसार यति लामो समयसम्म दिसा पिसाब रोकिराख्नाले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । तर यो समुदाय आफ्नो परम्पराका खातिर स्वास्थ्य समस्याहरु झेल्न तयार छ ।

एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
    कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
    विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

    लोकप्रिय

    २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २२ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य

    सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?

    नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य
    • सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?
    • नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण
    • राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.