इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव
काठमाडौं । इन्दिरा आईभिएफ नेपालले काठमाडौंस्थित आफ्नो फर्टिलिटी तथा आईभिएक सेन्टरको दोस्रो स्थापना दिवस विशेष समारोहका साथ मनाएको छ। लाजिम्पाटको नेपाली चुलोमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तिहरू, चिकित्सक, साझेदारहरू तथा केन्द्रसंग सम्बन्धित परिवारहरू सहभागी भए यस अवसरले नेपालमा दुई वर्षको सेवाको उपलब्धि र क्लिनिकको सहज पहुंचयोग्य तथा बिरामी केन्द्रित फर्टिलिटी केवरप्रति केन्द्रित दृष्टिकोणलाई उजागर गर्यो।
कार्यक्रममा इन्दिरा आईभिएफ नेपालका निर्देशक श्रीनिवास मदाबुसी र उमेश अग्रवाल, केन्द्र प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा. नेहा हुमागाई, तथा स्त्रीरोग विशेषज्ञ डा. मनीषा आचार्य, डा ज्योति श्रेष्ठ र डा. पंकज प्रताप देव पनि सहभागी भए।

इन्दिरा आईभिएफ स्थापना हुनुको उद्देश्य फर्टिलिटी केयरलाई सहज पहुँचयोग्य बनाउने र बाँझोपनबारे खुला तथा जानकारीपूर्ण संवादलाई प्रोत्साहन गर्ने बताइएको छ। केबल दुई वर्षमै, यसको शिविर तथा परामर्शहरूले करिब १,००० भन्दा बढी व्यक्तिलाई पुग्न सकेको छ र ५०० भन्दा बढी परिवारलाई अभिभावकत्वको अद्भुत खुशी दिलाउन सहयोग गरेको जनाइएको छ।
यस अवसरमा इन्दिरा आईभिएफका सीईओ क्षितिज मुर्दियाले काठमाडौंमा वितेका दुई वर्ष विश्वास निर्माण गर्ने यात्राको हिस्सा भएको उल्लेख गर्दै, परिवारहरूले आफ्नो जीवनको व्यक्तिगत अध्यायमा विश्वास दिएकोमा आभार व्यक्त गरे।

निर्देशक श्रीनिवास मदावुसीले नेपालभर थप स्थानहरूमा सेवा विस्तार गर्ने योजना रहेको बताए भने निर्देशक उमेश अग्रवालले पहुंच कार्यक्रममार्फत धेरै जोडीहरूले पहिलो पटक फर्टिलिटी चिकित्सकलाई भेटेको अनुभव साझा गरे।
केन्द्र प्रमुख डा. नेहा हुमागाईले दुई वर्षमा परिवारहरूको अनुहारमा देखिएको मुस्कान नै क्लिनिकको सबैभन्दा ठूलो खुशी भएको बताइन्। डा. मनीषा आचार्यले चिकित्सकदेखि सहयोगी कर्मचारीसम्मको दयालुता विरामीहरूले सबैभन्दा बढी सम्झने कुरा भएको उल्लेख गरिन्।

दोस्रो स्थापना दिवसको अवसरमा इन्दिरा आईभिएफ नेपालले प्रत्येक जोडीसंग विज्ञान-आधारित फर्टिलिटी केयरसहित उभिन र काठमाडौं तथा बाहिर पनि सचेतना फैलाउन निरन्तर प्रतिवद्धता दोहोर्याएको बताइएको छ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
