Jankari Kendra
९ श्रावण २०८३, शनिबार

हुस्सुले तराईमा जनजीवन प्रभावित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, पुष, २३
हुस्सुले तराईमा जनजीवन प्रभावित

काठमाडौं । आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ भने दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर रहने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म नै हुस्सु कायम रहनेछ ।

उपत्यकामा तुवालोले मौसम खराब भएको छ । प्रदूषणका कारण अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कन अनुरोध गरिएको छ । तराई भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर बनेको छ ।

युट्युब सट्स