छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मंचमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यही २०८३ जेठ १६ गते, शनिबार टोकास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ ।
‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ ब्रान्डले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा सहरीका युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको बताइएको छ ।
कार्यक्रमका विशेष आकर्षणहरू : कार्यक्रममा स्टन्ट शो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै र्याप तथा डीजे सेसन पनि समावेश गरिनेछ, जसले युवापुस्तालाई मनोरञ्जन र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको जनाइएको छ ।
‘राइड. पावर. मोसन.’ को भावनालाई केन्द्रमा राखेर आयोजना गरिने ‘पल्सर आरपीएम’ ले आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्ने बताइएको छ ।
कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा काठमाडौंभरिका राइडर, स्केटर, नृत्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

