आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट आज दिउँसो ४ बजे सार्वजनिक गर्ने भएको छ । डा । स्वर्णिम वाग्लेले संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम तय भएको हो । नेपालको संविधान २०७२ अनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही संवैधानिक व्यवस्थाअनुसार सरकारले आज नयाँ बजेट ल्याउन लागेको हो ।
यसपटकको बजेट आर्थिक शिथिलता, कमजोर पुँजीगत खर्च र निजी क्षेत्रको घट्दो मनोबलबीच आउन लागेको छ । अर्थतन्त्रलाई चलायमान बनाउने, लगानी वातावरण सुधार गर्ने तथा रोजगारी सिर्जना गर्ने विषयमा सरकारले कस्ता कार्यक्रम ल्याउँछ भन्नेमा सर्वसाधारणदेखि निजी क्षेत्रसम्मको चासो केन्द्रित रहेको छ ।
यस्तै, राजस्व सङ्कलनको दबाब, बढ्दो सार्वजनिक ऋण र विकास खर्च कार्यान्वयनको चुनौतीबीच सरकारले कुन क्षेत्रमा प्राथमिकता दिन्छ भन्ने विषय पनि महत्वपूर्ण रूपमा हेरिएको छ । सरकारको आगामी बजेटले समग्र अर्थतन्त्रको दिशा तय गर्ने भएकाले यसको प्रभाव उद्योग, व्यापार, पूर्वाधार, कृषि, शिक्षा र सामाजिक क्षेत्रसम्म पर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
