आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट आज दिउँसो ४ बजे सार्वजनिक गर्ने भएको छ । डा । स्वर्णिम वाग्लेले संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम तय भएको हो । नेपालको संविधान २०७२ अनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही संवैधानिक व्यवस्थाअनुसार सरकारले आज नयाँ बजेट ल्याउन लागेको हो ।
यसपटकको बजेट आर्थिक शिथिलता, कमजोर पुँजीगत खर्च र निजी क्षेत्रको घट्दो मनोबलबीच आउन लागेको छ । अर्थतन्त्रलाई चलायमान बनाउने, लगानी वातावरण सुधार गर्ने तथा रोजगारी सिर्जना गर्ने विषयमा सरकारले कस्ता कार्यक्रम ल्याउँछ भन्नेमा सर्वसाधारणदेखि निजी क्षेत्रसम्मको चासो केन्द्रित रहेको छ ।
यस्तै, राजस्व सङ्कलनको दबाब, बढ्दो सार्वजनिक ऋण र विकास खर्च कार्यान्वयनको चुनौतीबीच सरकारले कुन क्षेत्रमा प्राथमिकता दिन्छ भन्ने विषय पनि महत्वपूर्ण रूपमा हेरिएको छ । सरकारको आगामी बजेटले समग्र अर्थतन्त्रको दिशा तय गर्ने भएकाले यसको प्रभाव उद्योग, व्यापार, पूर्वाधार, कृषि, शिक्षा र सामाजिक क्षेत्रसम्म पर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

