रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
जानकारी केन्द्र
२०८३, जेष्ठ, १८
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा लामिछाने आजदेखि तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।
लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनेछन् । रास्वपा स्रोतका अनुसार, लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
जेठ १९ गते भाजपा मुख्यालयमा हुने कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । लामिछाने जेठ २० गते स्वदेश फर्किने कार्यक्रम तालिका छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
