पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र नेपाल नजिक रहेको न्यून चापीय रेखाको मिश्रित प्रभावका कारण आज देशभरकै मौसम प्रभावित भएको छ । यो मौसमी प्रणाली सक्रिय रहँदा देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको उपल्लो वायुमण्डलमा रहेको मौसमी प्रणालीका कारण हाल कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली भएको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले जनाएको छ । तराई भू-भागमा आंशिक बदली भए पनि हिमाली र पहाडी क्षेत्रमा भने मौसम बिग्रने सम्भावना छ ।
विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मौसम प्रतिकूल रहने देखिएको छ । साथै, ती क्षेत्रहरूका अतिरिक्त कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत मेघगर्जन, चट्याङ र हुरीबताससहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने पूर्वानुमान महाशाखाले गरेको छ । सम्भावित चट्याङ र मौसम फेरबदलबाट हुनसक्ने जोखिमप्रति सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
