यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १९ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको बिक्री मूल्य १५२.२९ रुपैयाँ कायम भएको छ भने खरिद मूल्य १५१.६९ रुपैयाँ तोकिएको छ।
आजको विनिमय दरअनुसार युरोपियन यूरोको बिक्री दर १७७.३६ रुपैयाँ र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५.०५ रुपैयाँ रहेको छ। त्यस्तै स्वीस फ्र्याङ्क १९४.२८ रुपैयाँमा बिक्री हुने भएको छ। खाडी मुलुकका मुद्रातर्फ साउदी रियालको बिक्री दर ४०.५८ रुपैयाँ, कतारी रियालको ४१.७८ रुपैयाँ तथा यूएई दिरामको ४१.४७ रुपैयाँ कायम गरिएको छ।
कुवेती दिनार सबैभन्दा महँगो विदेशी मुद्राका रूपमा रहेको छ। एक कुवेती दिनारको बिक्री दर ४९६.५४ रुपैयाँ पुगेको छ। त्यस्तै बहराइन दिनार ४०३.९८ रुपैयाँ र ओमानी रियाल ३९५.५५ रुपैयाँमा बिक्री हुने भएको छ। यता अष्ट्रेलियन डलरको बिक्री दर १०९.३० रुपैयाँ, क्यानेडियन डलरको ११०.१४ रुपैयाँ तथा सिंगापुर डलरको ११९.२० रुपैयाँ कायम गरिएको छ। जापानी येन १० एकाइको बिक्री दर ९.५५ रुपैयाँ र चिनियाँ युआनको २२.५१ रुपैयाँ निर्धारण गरिएको छ।

सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

