• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० जेठ २०८३, बुधबार
२० जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने
  • ६ घण्टा 

२०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १९ घण्टा 

चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा
  • २० घण्टा 

विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट
  • २१ घण्टा 

रविसँगको भेटपछि मोदीले भने– ‘साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं’
  • २२ घण्टा 

नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता
  • २४ घण्टा 

अब सीमा नाकामा ५ सयसम्मको सामान भित्र्याउँदा कर नलाग्ने
  • १ दिन 

अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन

  • २. अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै

  • ३. पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

  • ४. सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ५. अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

  • ६. विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

  • ९. अब सीमा नाकामा ५ सयसम्मको सामान भित्र्याउँदा कर नलाग्ने

  • १०. कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

जानकारी केन्द्र २०८३, जेष्ठ, २१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम भएको छ। पछिल्लो समय उतारचढाव भइरहेको डलरको मूल्यसँगै अन्य प्रमुख युरोपेली तथा खाडी मुलुकका मुद्राहरूको विनिमयदरमा पनि केही परिमार्जन देखिएको छ।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा कायम गरिएको छ। त्यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा तोकिँदा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य १०९ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य ११० रुपैयाँ ३३ पैसा रहँदा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा कायम भएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा तोकिएको छ।

यसैगरी, एसियाली राष्ट्रहरू तथा वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकका मुद्राहरूको विनिमयदर पनि निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा कायम भएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा रहेको छ।

खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक भारतको मुद्रा भारतीय रुपैयाँ एक सयको खरिददर स्थिर रूपमा १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने
चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा
विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

२०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.