सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको ठूलो परिमाणको सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८७ हजारभन्दा बढी कित्ता सेयर बिक्री प्रक्रिया सुरु गर्दै इच्छुक खरिदकर्तासँग आवेदन आह्वान गरेको हो।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको ८७ हजार ८७८।३६ कित्ता सेयर बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको छ। बैंकका एक संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखिएको हो। बैंकका अनुसार यस सेयरमा व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका लगानीकर्ताले आवेदन दिन सक्नेछन्। यसअघि संस्थापक समूहभित्र सीमित रहने यस्तो सेयर खरिद प्रक्रिया यसपटक सबै इच्छुक व्यक्ति र कम्पनीका लागि खुला गरिएको हो।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ। आवेदन बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंबाट स्वीकार गरिनेछ। बैंकले तोकिएको समयभित्र प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था अनुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको छ।
सम्बन्धित समाचार
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

