धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
काठमाडौं। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ। नगर गौरवका आयोजना र युवा लक्षित कार्यक्रमलाई समेत बजेटले विशेष महत्व दिएको छ। आइतबार सम्पन्न नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १ अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटका लागि आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ तथा नेपाल सरकारको वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने जनाइएको छ।
उपमहानगरका अनुसार आगामी वर्षको बजेटले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिएको छ। नगर गौरवका आयोजना सञ्चालन, वडा स्वास्थ्य क्लिनिकको सुदृढीकरण तथा विकास आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि ‘आयोजना बैंक’ स्थापना गरिने योजना पनि बजेटमा समावेश गरिएको छ।
युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले सीप तथा रोजगार मेलालाई आगामी वर्ष पनि निरन्तरता दिइने उपमहानगरले जनाएको छ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

