अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
काठमाडौं । अमेरिकाले इरानी राष्ट्रिय फुटबल टोलीलाई अर्को खेलको दुई दिन अगाडि नै यात्रा गर्न पाउने गरी अनुमति दिएको छ । अमेरिकी गृह सुरक्षा विभागले सुरक्षा प्रोटोकलहरू व्यवस्थित भएको सुनिश्चित गरे पछि इरानी टोलीमाथिको प्रतिबन्धहरू खुकुलो पार्ने उद्देश्यले दुई दिन अघि नै अमेरिका प्रवेशमा खुकुलो पारेको हो ।
यसअघि अमेरिकाले इरानी खेलाडीहरूलाई जुन दिन अमेरिकामा खेल हुन्छ, सोही दिन मात्रै आउन पाउने र खेल सकिए पछि सोही दिन फर्कनु पर्ने नीति बनाएको थियो। अब इरानी खेलाडीहरू दुई दिन अघि नै अमेरिकामा प्रवेश गर्न सक्ने भएका छन् ।
‘अमेरिकाले इरानको विश्वकप टोली माथिको प्रतिबन्धहरू खुकुलो पार्दैछ, जसले गर्दा टोलीलाई अर्को खेलको दुई दिन अघि देशमा यात्रा गर्न अनुमति दिइएको छ,’ अमेरिकी गृह सुरक्षा विभागका प्रवक्ताले भने ।
इरानको फुटबल महासंघले अमेरिकाले प्रतिबन्धहरू खुकुलो पारिएको खबर पछि बुधबार नै मेक्सिकोको तिजुआनामा रहेको आफ्नो आधार शिविरबाट सियाटल जाने पुष्टि गरिसकेको छ। आगामी आइतवार इरानले इजिप्टसँग खेल्दैछ ।
‘यो हाम्रो तर्फबाट योजना गरिएको थियो,’ ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू गिउलियानीले भनेका छन्, ‘हामीले पहिलो दुई खेलका लागि हुने यात्राका बारेमा हेर्नेछौं, यदी तिनीहरू सहज रूपमा फिर्ता गए भने अमेरिकाको लामो यात्रा समयलाई ध्यानमा राख्दै अतिरिक्त दिन पनि विस्तार गर्नेछौं।’
नीति परिवर्तनको रिपोर्ट पहिलो पटक अमेरिकी मिडिया आउटलेट एनबीसी न्यूजले गरेको थियो र यो दुवै देशका अधिकारीहरूले इरानमा युद्ध कसरी अन्त्य गर्ने भन्ने बारेमा वार्ता गरिरहेका बेला आएको हो, जुन अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग सुरु गरेको थियो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
