प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
काठमाडौं । गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतमा इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। समूह ‘ई’ अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मनीले दोस्रो मिनेटमै लेरोय सानेको गोलमार्फत अग्रता बनाएको थियो।
फ्लोरियन विर्ट्जको पासमा सानेले गोल गरेका थिए। गोलअघि जर्मनीका अलेक्ज्यान्डर पाभ्लोभिचको बुट इक्वेडरका पेड्रो भिटेको टाउकोमा लागेको भन्दै इक्वेडरका खेलाडीहरूले फलको माग गरे पनि रेफ्रीले गोललाई मान्यता दिएका थिए। सुरुआती झट्कापछि उत्कृष्ट पुनरागमन गरेको इक्वेडरले नवौँ मिनेटमा नील्सन एङ्गुलोको शानदार गोलबाट खेल १–१ को बराबरीमा ल्यायो। जर्मनीका फेलिक्स न्मेचाले आफ्नै हाफमा बल गुमाएपछि एङ्गुलोले त्यसको फाइदा उठाउँदै गोल गरेका थिए।
दोस्रो हाफको सुरुआतमै जर्मनीले पेनाल्टीको अवसर पाए पनि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि निर्णय उल्टियो। भीएआरले पेनाल्टीअघि सानेले भिटेमाथि फल गरेको देखाएपछि जर्मनीको पेनाल्टी रद्द गरिएको थियो।
खेल सकिन १३ मिनेट बाँकी रहँदा इक्वेडरले निर्णायक गोल गर्यो। कर्नरबाट आएको बललाई केभिन रोड्रिगेजले फ्लिक गरेपछि अनमार्क रहेका गोन्जालो प्लाटाले सहज रूपमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि जर्मनीले बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन।
यो जितसँगै इक्वेडर विश्वकपको इतिहासमा दोस्रो पटक नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। पराजित जर्मनीको भने लगातार ११ खेलको जितको यात्रा यस खेलसँगै टुंगिएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
