काठमाडौँ। टिभिएस भेन्युको हिस्सा र विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनी (टिभिएसएम) ले शनिबार नेपालमा पूर्ण रूपमा नयाँ टिभिएस अपाचे आरटिआर १६० ४ भी सार्वजनिक गरेको छ। विगत दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुऱ्याउने प्रतिबद्धताका साथ टिभिएस अपाचेले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिनहरू निर्माण गर्दै आएको बताइएको छ। यसले ब्रान्डको रेसिङ भावना आत्मसात् गर्ने राइडरहरूको एक बलियो र भावुक विश्वव्यापी समुदाय निर्माण गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार १५९.७ सीसी इन्जिन क्षमता सहितको यो मोटरसाइकलले विभिन्न राइडिंग मोडअनुसार फरक पावर उत्पादन गर्नुका साथै स्पोर्ट मोडमा यसले अधिकतम १७.५५ पीएस र अर्बन तथा रेन मोडमा १५.६४ सीएससम्म शक्ति प्रदान गर्छ । यसमा ५ स्पिड गियरबक्स,१२ लिटरको इन्धन ट्यांकि,डुअल च्यानल एबीएस र ३७ एमएम यूएसडि (अपसाइड डाउन) फ्रन्ट सस्पेन्सन जडान गरिएको बताइएको छ । यस मोडलमा पहिलोपटक प्रोजेक्टर एलइडी हेडल्याम्प,५ इन्चको टीएफटी डिजिटल क्लस्टर तथा स्पोर्ट,अर्बन र रेन गरी तीनवटा राइडींग मोड समावेश गरिएका छन्,जसले सुरक्षित ,सहज र आधुनिक राइडिंग अनुभव प्रदान गर्ने अपेक्षा गरिएको जनाइएको छ ।
काठमाडौँको सतुंगलमा आयोजित सार्वजनिक कार्यक्रममा मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर र बाइक प्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा मिडिया र इन्फ्लुएन्सरहरूका लागि विशेष राइडिङ सेसन र डेडिकेटेड ट्याक राइडको समेत व्यवस्था गरिएको बताइएको छ।
लन्चका अवसरमा बोल्दै टिभिएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले भने, “टिभिएस अपाचे ब्रान्डले राइडरहरूका लागि रेसिङबाट प्रेरित नवीनता र उन्नत प्रविधि ल्याएर प्रदर्शनको क्षेत्रमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। युवा र गतिशील राइडरहरूको बढ्दो समुदायका कारण नेपाल टिभिएसएमका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार बनेको छ। नयाँ टिभिएस अपाचे आरटिआर १६० ४ भीको सार्वजनिक हुनु यस सेग्मेन्टमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाउने अर्को महत्त्वपूर्ण कदम हो। यी नयाँ अपग्रेडहरूसँगै, यो मोटरसाइकलले राइडरहरूलाई अझ बढी आत्मविश्वास र नियन्त्रणका साथ उत्कृष्ट प्रदर्शनको अनुभव गराउनेछ।”
जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने,“टिभिएस अपाचे ब्रान्डले नेपालमा विशेष गरी प्रदर्शन, शैली र प्रविधिलाई रुचाउने युवा राइडरहरूमाझ बलियो पकड बनाएको छ। हामी विश्वस्त छौं कि पूर्ण रूपमा नयाँ टिभिएस आरटिआर १६० ४ भीले यसको सेग्मेन्ट लिडिङ फिचर्स र रेसिङ प्रदर्शनका कारण यो लोकप्रियतालाई अझ बढाउनेछ। प्रोजेक्टर हेडल्याम्प, यूएसडि सस्पेन्सन र टिएफटि क्लस्टरको प्रयोगले समग्र राइडिङ अनुभवलाई उत्कृष्ट बनाउनेछ, जसले जगदम्बा मोटर्सको नेपालमा टिभिएस का विश्वस्तरीय नवीनताहरू भित्र्याउने प्रतिबद्धतालाई झल्काउँछ।”
टिभिएस मोटर कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले भने, “२० वर्षभन्दा बढी समयदेखि टिभिएस अपाचेले भारत र बाहिर ६० भन्दा बढी देशका ६५ लाखभन्दा बढी राइडरहरूको विश्वास जिल्दै प्रदर्शनको नयाँ परिभाषा लेखेको छ। टिभिएस अपाचे आरटिआर १६० ४ भीले १६० सीसी सेग्मेन्टमा आफ्नो बेन्चमार्क कायम राखेको छ। यसले आजका प्रदर्शन–केन्द्रित राइडरहरूका लागि आवश्यक फिचर्स र टिभिएस अपाचेको रेसिङ डीएनएसँग जोडिएको अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।”
कम्पनीले टिभिएस अपाचे आरटिआर १६० ४ भी टिएफ्टि अहिले नेपालका छानिएका डिलरशिपहरूमा उपलब्ध छ र जुलाई २०२६ सम्ममा देशभरको नेटवर्कमा उपलब्ध हुने बताएको छ। यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ र यसको एक्स–शोरूम मूल्य नेपाली रु. ४,२९,९००/– तोकिएको जनाइएको छ।


