• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • ६ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • ६ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • ८ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • ८ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • ८ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • १३ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • १३ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • १४ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ३. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ४. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ५. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • ७. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • १०. करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

जानकारी केन्द्र २०८३, असार, १६

काठमाडौं । सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागू गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार (असार १५) उत्प्रेषणलगायतको रिट निवेदनमा रिट जारी गर्दै निवेदकको मागलाई सदर गरेको हो।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाले २०८० साउन ३१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, यातायात व्यवस्था विभागलगायत सात निकायलाई विपक्षी बनाई रिट दायर गरेका थिए। रिटमा रुट इजाजतपत्रको वैध अवधि कायम हुँदाहुँदै पनि अन्तरप्रदेशीय बाटो इजाजतपत्रको नाममा ट्राफिक प्रहरीले मालवाहक सवारीलाई जरिवाना गर्ने, नियन्त्रणमा लिने तथा ट्राफिक सचेतना कक्षामा सहभागी हुन बाध्य पार्ने कार्य कानुनविपरीत भएको दाबी गरिएको थियो।

यसअघि मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले २०८० भदौ ७ गते अन्तरिम आदेश जारी गर्दै यातायात व्यवस्था विभागले २०८० जेठ ७ गते जारी गरेको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। अदालतले वैध रुट इजाजत प्राप्त मालवाहक सवारीलाई इजाजतको अवधि बाँकी रहँदै पुनः कारबाही गर्नु पहिलो दृष्टिमै न्यायोचित नदेखिएको भन्दै सुविधा र सन्तुलनको सिद्धान्तका आधारमा अन्तरिम आदेश जारी गरेको थियो।

लामो सुनुवाइपछि अन्ततः संयुक्त इजलासले रिट जारी गर्दै ट्रक व्यवसायीले उठाएको कानुनी प्रश्नलाई स्वीकार गरेको हो।

फैसलापछि महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाले सर्वोच्च अदालतको निर्णयले कानुनी शासन र व्यवसायीको अधिकारको रक्षा गरेको प्रतिक्रिया दिए। उनले वर्षौंदेखि रुट इजाजतका नाममा लागू गरिएको अन्यायपूर्ण र दोहोरो व्यवस्था अन्त्य गर्न अदालतको फैसला महत्वपूर्ण भएको बताए।

“हामीले कुनै विशेष सुविधा मागेका होइनौं, कानुनले दिएको अधिकारको संरक्षण मात्र खोजेका थियौं। सर्वोच्च अदालतको यो फैसला सम्पूर्ण मालवाहक यातायात व्यवसायीको जीत हो। यसले सरकारलाई पनि कानुनसम्मत र समान व्यवहार गर्न स्पष्ट सन्देश दिएको छ,” अध्यक्ष बानियाले भने।

उनले व्यवसायीको पक्षमा प्रभावकारी बहस गरी न्याय दिलाउन योगदान पुर्‍याउने वरिष्ठ अधिवक्ता डा। विजयप्रसाद मिश्र, वरिष्ठ अधिवक्ता नरहरी आचार्य तथा वरिष्ठ अधिवक्ता उद्धवप्रसाद चौलागाईप्रति महासंघको तर्फबाट आभारसमेत व्यक्त गरे।

महासंघका अनुसार सर्वोच्च अदालतको यो फैसलाले रुट इजाजतसम्बन्धी नीतिगत अन्योल अन्त्य गर्दै मालवाहक सवारीसाधनमाथि हुने दोहोरो प्रशासनिक कारबाही रोक्न कानुनी आधार तयार गरेको छ। सरकारका सम्बन्धित निकायले अब अदालतको फैसलाअनुसार रुट इजाजतसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नुपर्ने महासंघको अपेक्षा छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

ताजा

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.