क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को पहिलो खेलमा क्यानडालाई ३–० ले सहज हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो। विश्वकपको जारी खेलमा क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली हो ।
मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भए पनि ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका हुन । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा फेरी अर्को गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाउन सफल भए ।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जित दिलाएका हुन । क्यानडाले मोरक्कोभन्दा बढी सर्ट र कोनाको प्रहार पाउँदा पनि कुनै गोल गर्न सकेन ।
सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।
क्यानडा र मोरक्कोबीच हालसम्म कुल तीन खेल खेलिएका छन्, जसमा दुई खेलमा मोरक्कोले जितेको छ भने एक खेल बराबरीमा टुंगिएको छ । फिफा विश्वकपको इतिहासमा यो उनीहरूबीचको दोस्रो भेट भए पनि दुवैमा मोरोक्कोले बाजी मारेको छ । यसअघि सन् २०२२ को विश्वकपको समूह चरणमा मोरक्कोले क्यानडालाई २–१ ले पराजित गरेको थियो भने अहिले ३–० ले पराजित गरेको हो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
