एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न
काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८औं संस्करण “एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६” आयोजना गरिने जनाइएकोे छ ।

उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको बताइएको छ । मिति २०८३ असार २१ गते नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु,केन्द्रीय कार्यसमितिका सदस्यहरु एवं सम्पूर्ण सहभागी कम्पनीहरुका प्रतिनिधीहरुको उपस्थितिमा भव्यताका साथ उक्त गोला प्रथा कार्यक्रम सम्पन्न गरी सहभागी कम्पनीहरुलाई स्टल बाँड–फाँड गरिएको आयोजकले जनाएको छ ।
गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल,१० वटा २–पाँग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल एलट्मेन्ट गरिएको नाडाले बताएको छ । नाडामा सहभागी कम्पनीहरुप्रति नाडाका महासचिव मिलनबाबु मल्लले हार्दिक आभार व्यक्त गरे ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
