लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
जानकारी केन्द्र
२०८३, असार, २६
काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा शुक्रबार उल्लेखनीय सुधार देखिएको छ। एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले मूल्य बढेपछि सुनको घट्दो श्रृंखला रोकिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको थियो।
महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ४ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १७० रुपैयाँले महँगिएर प्रतितोला ४ हजार ५१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

