काठमाडौं। पेट्रोल जीउँमा छर्केर आत्मदाह गरेको बिषय संसदमा गम्भिर रूपले उठाएका छन ।
प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांस सांसदले सरकारको लापरबाहीका कारण उनको मृत्यु भएको उनीहरूको आरोप छ । मुगुको सांसद खडगबहादुर शाही उपचारको नाममा सरकारले ‘स्टन्ट’ गरेका पनि आरोप लगाएका छन्। ‘हिजो म वीर अस्पताल पुग्दा डाक्टरले ९५ प्रतिशत बाँच्न सक्ने अवस्था छैन भनेका थिए तर उनको हिजो राती नै मृत्यु भएको रहेछ तर जिउँदै छ भनेर सरकारले उपचारको नाटक गरिरहयो, उनको मृत्युको घोषणा नगरी उपचार गरिरहेको नाटक गरियो,’ उनले भने, ‘आज बिहान म र भिष्मराज आङदाङवे अस्पताल पुग्दा गणेश नेपालीको शव लडिरहेको थियो, हामीले भन्यौं किन मृत्यु घोषणा नगरेको रु जवाफ दिइएन, शव राखेर मृत्युको घोषणा नगरेर सरकारले नाटक गरिरहयो।’
सरकारले उपचारको नाटक गरे पनि उपचारका लागि पहल नगरेको उनको गम्भिर आरोपसमेत लगाएका छन ।


