पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६:३० बजे कलैया उपमहानगरपालिका–११ घोघरियास्थित पोखरीमा नुहाउने क्रममा स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवान डुबेर गम्भीर घाइते भएकी थिइन्।
स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। अस्पतालमा गरिएको परीक्षण (ईसीजी) पछि साँझ करिब ७:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट सई विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वकोटोली पनि आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रियाका लागि खटिएको थियो।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सम्बन्धित समाचार
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

