पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६:३० बजे कलैया उपमहानगरपालिका–११ घोघरियास्थित पोखरीमा नुहाउने क्रममा स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवान डुबेर गम्भीर घाइते भएकी थिइन्।
स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। अस्पतालमा गरिएको परीक्षण (ईसीजी) पछि साँझ करिब ७:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट सई विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वकोटोली पनि आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रियाका लागि खटिएको थियो।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
