नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर
काठमाडौं । नेपाली घरपरिवारमा रेफ्रिजरेटर आज केवल खाना चिसो राख्ने उपकरण मात्र रहेन,यो परिवारको स्वास्थ्य, दैनिक सुविधा, समय व्यवस्थापन र घरको समग्र शान्तिसँग जोडिएको महत्वपूर्ण हिस्सा बनेको छ । यही भावनालाई केन्द्रमा राख्दै सीजी इलेक्ट्रोनिक्स, गोदरेज एप्लायन्सेसको नेपालका लागि आधिकारिक वितरकले गोदरेज रेफ्रिजरेटरमार्फत ‘घरको शान्ति, मनको शान्ति’ सन्देशलाई नेपाली उपभोक्तामाझ प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ।
आजको व्यस्त जीवनशैलीमा घरमा ताजा खाना उपलब्ध हुनु, खाद्य सामग्री लामो समयसम्म सुरक्षित रहनु र दैनिक भान्साको व्यवस्थापन सहज हुनु आफैंमा ठूलो राहत हो। गोदरेज रेफ्रिजरेटरले आधुनिक प्रविधि, ऊर्जा दक्षता, स्मार्ट स्टोरेज समाधान र भरपर्दो प्रदर्शनमार्फत यही राहतलाई व्यवहारमा उतार्दै आएको बताइएको छ।
कम्पनीका अनुसार गोदरेजका नवीनतम रेफ्रिजरेटरहरूमा एआई पावर्ड टेक्नोलोजि,फुड लोड ट्रयाकिङ,युसेज मोनिटरिङ,स्मार्ट डिफ्रोस्ट,नानो शिल्ड टेक्नोलोजी ३० दिनसम्म ताजगी कायम राख्ने क्षमता,४-इन-१ कनभर्टिबल मोड्स,स्मार्ट कनभर्टिबल जोन तथा एडभान्स क्यापिलरी टेक्नोलाजी जस्ता सुविधाहरू उपलब्ध छन् भने यी विशेषताहरूले खाद्य सामग्रीलाई ताजा, सुरक्षित र व्यवस्थित राख्न सहयोग पुर्याउँदै उपभोक्ताको दैनिक जीवनलाई अझ सहज बनाउँछन्।
व्यस्त कामकाजी परिवारले हप्ताको एक पटक तरकारी, फलफूल र दुग्धजन्य सामग्री खरिद गर्दा तिनलाई लामो समयसम्म ताजा राख्नु ठूलो चुनौती हुन्छ । गोदरेज रेफ्रिजरेटरको ताजगी कायम राख्ने क्षमता,फुड लोड ट्रयाकिङ र युसेज मोनिटरिङ जस्ता स्मार्ट सुविधाले खाद्य सामग्रीको अवस्था र प्रयोगलाई अझ व्यवस्थित बनाउनुका साथै यसले दैनिक बजार जानुपर्ने तनाव घटाउँने, खाना खेर जाने सम्भावना कम गर्ने र घरको भान्सालाई थप सहज बनाउँने बताइएको छ ।
त्यस्तैगरी बालबालिकाको टिफिन, पाहुना आउँदा तयार पारिने परिकार वा चाडपर्वका लागि राखिने खाद्य सामग्री सुरक्षित राख्नु हरेक घरको प्राथमिकता हो भने गोदरेजको नानो शिल्ड टेक्नोलोजी,स्मार्ट डिफ्रोस्ट, कनभर्टिबल मोड्स ,स्मार्ट कर्भटिबल जोन जस्ता सुविधाले फरक–फरक प्रकारका खाद्य सामग्रीलाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित रूपमा राख्न मद्दत गर्ने जनाइएको छ । भान्साको उचित व्यवस्थापनले दिने यही ढुक्कपन नै वास्तवमा ‘मनको शान्तिको’ आधार बनेको छ ।
गोदरेजका सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड रेफ्रिजरेटरहरू नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध रहेको छ भने उपभोक्ताले आफ्नो परिवारको आकार, भान्साको आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्ने बताइएको छ । गोदरेजका भिसी कुलर, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरलगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
