• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ असार २०८३, सोमबार
२९ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा 

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
  • ११ घण्टा 

२०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ
  • २४ घण्टा 

नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर
  • १ दिन 

जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने
  • १ दिन 

‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

  • ३. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ६. माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

  • ७. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ८. पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी

  • ९. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • १०. ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

जानकारी केन्द्र २०८३, असार, ३०

काठमाडौं । युक्लिड अन्तरिक्ष टेलिस्कोपले पहिलो पटक हालसम्म पत्ता लागेकामध्ये सबैभन्दा पुरानो क्वासार पहिचान गरेको छ। यसले वैज्ञानिकहरूका लागि ब्रह्माण्डसम्बन्धी एउटा रहस्यलाई अझ गहिरो बनाएको छ।

क्वासारहरू ब्रह्माण्डका सबैभन्दा चम्किला पिण्डहरू हुन्। यिनीहरूले आफ्नो ऊर्जा अति विशाल कृष्णविवर बाट प्राप्त गर्छन्। प्रारम्भिक आकाशगंगाहरूको केन्द्रमा अवस्थित यी अति विशाल कृष्णविवरहरूले आफ्नो वरिपरिको धुलो र ग्याँसलाई निल्ने गर्छन्। यस प्रक्रियाबाट उत्पन्न हुने चमक सूर्यको तुलनामा खर्बौं गुणा बढी हुन सक्छ।

वैज्ञानिकहरू ब्रह्माण्डका रहस्यहरूबारे थप जानकारी हासिल गर्ने आशामा तिनको अतुलनीय चमकका कारण प्राचीन ‘क्वासार’हरूको खोजी गर्छन्। आखिर, अन्तरिक्षको गहिराइमा दृष्टि पुर्‍याउनु भनेको समयमा पछाडि फर्केर हेर्नु पनि हो।

सोमबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा खगोलविद्हरूले ३१ वटा ‘क्वासार’ पत्ता लागेको घोषणा गरेका छन ।  तीमध्ये दुईवटा क्वासार अहिलेसम्म पत्ता लागेकामध्ये सबैभन्दा पुराना हुन्। ब्रह्माण्डको वर्तमान उमेर १३।८ अर्ब वर्षको तुलनामा केवल ५ प्रतिशत अर्थात् करिब ६७ करोड वर्षको उमेर हुँदा देखि नै यी दुई पुराना क्वासारबाट प्रकाश हामीसम्म आइ पुगिरहेको छ। यसअघि सबैभन्दा पुरानो मानिएको क्वासारसम्बन्धी जानकारी सन् २०२१ मा सार्वजनिक भएको थियो, त्यो क्वासार ब्रह्माण्ड करिब २ करोड वर्षको उमेरको हुँदाको समयको थियो।

यी क्वासारहरू युरोपेली अन्तरिक्ष एजेन्सीको ‘युक्लिड’टेलिस्कोपद्वारा पत्ता लगाइएका हुन्, जुन पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा अवस्थित छ। यसअघि पत्ता लागेका क्वासारहरू जमिनमा आधारित टेलिस्कोपहरूको प्रयोगबाट फेला पारिएका थिए।

‘एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’ मा प्रकाशित अनुसन्धान प्रतिवेदनका प्रमुख लेखक डेमिङ याङका अनुसार सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले यस क्षेत्रलाई पूर्ण रूपमा रूपान्तरण गरेको छ।

नेदरल्यान्ड्सको लाइडेन विश्वविद्यालयका पीएचडी विद्यार्थी याङले यो पनि बताए कि युक्लिडले जम्मा दुई वर्षमै पत्ता लागेका प्राचीन क्वासारहरूको संख्या दोब्बर बनाएको छ।

हालै पत्ता लागेका क्वासारहरू ‘रिआयनाइजेसनको युग’सँग सम्बन्धित छन्। यो त्यस्तो समय थियो जब पहिलो तारा र आकाशगंगाहरूबाट निस्किएको पराबैंगनी विकिरणले तटस्थ हाइड्रोजनलाई आयनीकृत गरेको थियो । यी तारा र आकाशगंगाहरूको निर्माण ‘अन्धकार युग’को लगत्तै सुरु भएको थियो। यस प्रक्रियाले ब्रह्माण्डको ‘अन्धकार युग’ को अन्त्य गर्‍यो र ब्रह्माण्डलाई पारदर्शी बनायो। वैज्ञानिकहरूका लागि यो अवधि विशेष महत्त्वको छ किनकि यसले तारा, क्वासार र आकाशगंगाहरूको उत्पत्ति कहिले भयो भन्ने कुरा पत्ता लगाउन मद्दत गर्छ।

डेमिङ याङ भन्छन्, ‘हामी क्वासारहरू जस्तै लाइटहाउसहरू प्रयोग गरेर तिनीहरू र हामी बीच रहेको ग्याँसको अध्ययन गर्न सक्छौं, यसरी हामी यो ब्रह्माण्डीय इतिहासको समयमा ब्रह्माण्ड कहिले पुनर्आयनीकरण भयो भनेर निर्धारण गर्न सक्छौं।’

क्वासारहरूले पनि वैज्ञानिकहरूलाई अलमलमा पार्ने नयाँ समस्याहरूको उदाहरण प्रस्तुत गर्छन्। अझ शक्तिशाली टेलिस्कोपहरूले हामीलाई सुदूर विगतको अझ गहिराइसम्म हेर्न सक्षम बनाइरहेका छन्। साथै, त्यस प्रारम्भिक युगका खगोलीय पिण्डहरू पहिले अनुमान गरिए भन्दा निकै विशाल रहेको पाइएको छ।

अनुसन्धान प्रतिवेदनका सह लेखक जोसेफ हेन्नावीले नयाँ क्वासारको खोजपछि जारी गरेको विज्ञप्तिमा भने, ‘समयमा पछाडि फर्केर हेर्दा यो रहस्य अझ जटिल बन्दै जान्छ। हाम्रो सूर्यभन्दा अर्बौं गुणा बढी भारी भएका यी विशाल पिण्डहरू हाम्रो ब्रह्माण्डको प्रारम्भिक अवस्थामै पनि अस्तित्वमा थिए।’

नाभीले यो पनि बताए, ‘तिनीहरू यति छिटो कसरी विशाल बने भन्ने कुरा हामीलाई अझै थाहा छैन।’

वैज्ञानिकहरू यसको जवाफ खोज्ने आशामा अझ पुराना क्वासारहरूको खोजी गरिरहेका छन्। ब्रह्माण्डको गहिराइसम्म हेर्न सक्ने क्षमता भएको जेम्स वेब स्पेस टेलिस्कोपले हालै पत्ता लागेका त्यस्ता धेरै क्वासारहरूको अवलोकन गरेको छ। वैज्ञानिकहरूलाई आशा छ कि उनीहरू अन्ततः ब्रह्माण्डको सुरुवाती एक अर्ब वर्षको अवधिमा रहेका क्वासारहरूको विवरण तयार पार्न सफल हुनेछन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

ताजा

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.