Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, ३०
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार मूल्य घटेसँगै १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आउने उतारचढाव, अमेरिकी डलरको विनिमयदर तथा अन्य आर्थिक सूचकहरूको प्रभावका कारण स्वदेशी बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा समायोजन हुने गरेको छ।

पछिल्ला दिनमा मूल्यमा आएको गिरावटसँगै सुन खरिद गर्ने उपभोक्ताको चासो बढ्न थाले पनि बजारको समग्र कारोबार भने अझै सामान्य अवस्थामै रहेको व्यवसायीहरूको भनाइ छ।

Top Changing Nepal

युट्युब सट्स