स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ। यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको बताएको छ ।
मात्र रु. १,३९९ बाट सुरु हुने यस बीमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित रु. ६ लाखसम्मको बीमा सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ।
पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यो बीमा योजना खरिद गर्नका लागि ग्राहकहरूले कुनै कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालय धाइराख्नु पर्दैन । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत केही मिनेटमै खरिद वा नवीकरण गर्न सक्ने छन् ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो आवश्यकता र उमेरअनुसार रु. १ लाख, रु. २ लाख वा रु. ५ लाखसम्मको स्वास्थ्य बीमा योजना खरिद गर्न सक्नेछन्।
बीमाले २४ घण्टा वा सोभन्दा बढी अवधिको अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार, १५० भन्दा बढी डेकेयर सेवा तथा अस्पताल भर्ना हुनुअघि र डिस्चार्जपछिका योग्य चिकित्सा खर्च समेट्छ । साथै, यस बीमामा रु. १ लाखसम्मको दुर्घटना बीमा पनि उपलब्ध रहेको बताइएको छ ।
५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि उपलब्ध यो योजना पूर्ण रूपमा डिजिटल माध्यममा आधारित छ। ग्राहकहरूले इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनबाट आवश्यक विवरण भरी आफ्नो वा आफ्नो परिवारको आवश्यकता अनुसारको कभरेज छनोट गरी इसेवामार्फत भुक्तानी गर्न सक्नेछन्। भुक्तानी सम्पन्न भएपछि बीमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुने जनाइएको छ ।
विभिन्न रोग, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी जटिलताका कारण सिर्जना हुने आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहारा हेल्थ इन्सुरेन्स प्रभावकारी माध्यम बनेको छ, इसेवाले जनाएको छ, सुलभ प्रिमियम, सहज डिजिटल प्रक्रिया र व्यापक कभरेजमार्फत हामी अझ धेरै नेपाली नागरिकसम्म स्वास्थ्य बीमाको पहुँच विस्तार गर्दै नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई सुदृढ बनाउन प्रतिबद्ध छौँ ।
गत भदौदेखि सञ्चालनमा आएको यस बीमा योजनाबाट एक वर्षभन्दा कम समयावधिमै १०,००० भन्दा बढी ग्राहकहरू लाभान्वित भइसकेका छन्। डिजिटल माध्यमबाट बीमा सेवालाई सहज बनाउने उद्देश्यका साथ इसेवाले आफ्नो डिजिटल वित्तीय सेवाको दायरा निरन्तर विस्तार गर्दै आएको छ। बीमा सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्न इसेवाले विभिन्न बीमा कम्पनीहरूसँगको सहकार्यमा अन्य थुप्रै बीमा योजनाहरू पनि उपलब्ध गराउँदै आएको बताएको छ।
सम्बन्धित समाचार
नुवाकोट–रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग ठप्प,काठमाडौंका नाका अवरुद्ध
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
‘ट्विटर’मा निलो चरा फर्किँदै
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल


