पर्सामा चट्याङ पर्दा सात जना घाइते
जानकारी केन्द्र
२०८३, असार, ३२
काठमाडौं । पर्साको पकहाँ मैनपुर गाउँपालिका–१, धोरेमा धान रोप्ने क्रममा चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।
सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला आज चट्याङ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनामा परी पकहाँ मैनपुर–१ की ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी, ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी, ४२ वर्षीया सन्ध्यादेवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीतादेवी घाइते भएका छन्।
प्रहरीका अनुसार, घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था सामान्य छ। अन्य ६ जनालाई थप उपचारका लागि भारतको रक्सौलस्थित डंकन अस्पताल पठाइएको छ।
उपचाररतमध्ये कुश्मीदेवी सहनीको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
