पर्सामा चट्याङ पर्दा सात जना घाइते
जानकारी केन्द्र
२०८३, असार, ३२
काठमाडौं । पर्साको पकहाँ मैनपुर गाउँपालिका–१, धोरेमा धान रोप्ने क्रममा चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।
सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला आज चट्याङ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनामा परी पकहाँ मैनपुर–१ की ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी, ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी, ४२ वर्षीया सन्ध्यादेवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीतादेवी घाइते भएका छन्।
प्रहरीका अनुसार, घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था सामान्य छ। अन्य ६ जनालाई थप उपचारका लागि भारतको रक्सौलस्थित डंकन अस्पताल पठाइएको छ।
उपचाररतमध्ये कुश्मीदेवी सहनीको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

