टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
जानकारी केन्द्र
२०८३, श्रावण, १
काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडक खण्डमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी मगरलाई तत्कालै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटना लगत्तै प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझी हुन्।
प्रहरीले माझी र टिपर दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
