फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता
काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। स्पेनले खेलभरि अर्जेन्टिनाको पोस्टमा लगातार दबाब बनाएको थियो। स्पेनले १२ पटक ‘अन टार्गेट’ प्रहार गर्दा २० पटक गोलको प्रयास गरेको थियो भने अर्जेन्टिनाले एकपटक पनि ‘अन टार्गेट’ प्रहार गर्न सकेन। अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले स्पेनका थुप्रै प्रहारहरूलाई विफल पारिदिँदा खेल थप रोमाञ्चक बनेको थियो।
खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १०६ औँ मिनेटमा स्पेनका निको विलियम्सले उपलब्ध गराएको पासलाई फेरान टोरेसले गोलमा परिणत गर्दै स्पेनलाई ऐतिहासिक अग्रता दिलाए। अन्ततः यही गोल नै स्पेनको जितको लागि निर्णायक बन्यो।
खेलको दौरान अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डिजले दुईवटा पहेँलो कार्ड खाँदै मैदान छाड्नु परेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो, जसले गर्दा अर्जेन्टिनालाई खेलमा फर्कन थप कठिन भयो।
यो जितसँगै स्पेनले १६ वर्षपछि विश्वकपको ट्रफी उचालेको छ। स्पेनले यसअघि सन् २०१० को विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना भने यसपटक उपविजेतामा सीमित बनेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
