• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • ११ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • ११ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • ११ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १४ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १४ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • १४ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • १६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

जानकारी केन्द्र २०८३, श्रावण, ५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका हुन् ।

भेटका क्रममा दुवै पक्षले नेपालको सुदृढ बन्दै गएको राजनीतिक स्थायित्व तथा भारत र चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले व्यापार र लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको उल्लेख गर्दै सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्ममा दुई चेम्बरबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी सहकार्यलाई संस्थागत बनाउने सहमति गरेका छन् ।

सहकार्यअन्तर्गत स्पेन चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्च महिनामा करिब आठदेखि नौवटा स्पेनी कम्पनीहरूको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको जनाएको छ । उक्त भ्रमणका क्रममा नेपाली र स्पेनी उद्यमीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ लगानीका अवसरहरूको खोजी गर्न व्यवसायिक फोरम आयोजना गर्ने योजना रहेको बताइएको छ ।

छलफलका क्रममा व्यापार तथा लगानी प्रवद्र्धनका लागि सरकारी तहको सहकार्यलाई पनि प्रभावकारी बनाउने, व्यवसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ (ईयू) र भारतबीच जारी व्यापार वार्ताबाट नेपालले प्राप्त गर्न सक्ने सम्भावित अवसरहरूको उपयोग गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको थियो ।

दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन तथा आतिथ्य, कृषि तथा खाद्य प्रशोधन क्षेत्रलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने सहमति जनाएका छन् ।

बैठकमा नेपालबाट उच्च गुणस्तरको अर्थोडक्स चिया, अर्गानिक कफी, ठूलो इलाइची, जडीबुटी तथा सुगन्धित वनस्पति, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैँचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्गानिक मह तथा बाँसजन्य उत्पादनहरूको निर्यात सम्भावना रहेको उल्लेख गरिएको थियो । त्यसैगरी स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि उपकरण, स्वास्थ्य उपकरण, पानी प्रशोधन तथा पर्यटन व्यवस्थापनमा आफ्नो आधुनिक प्रविधि र अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरिएको जनाइएको छ ।

दुवै चेम्बरले म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउँदै द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, साथै डिजिटल व्यापार र ई–कमर्समार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा समेत जोड दिएका छन् ।

दक्षिण एसियामा अनुभव हासिल गरेका स्पेनी कम्पनीहरू नेपालका पूर्वाधार विकास, स्वच्छ ऊर्जा तथा दिगो लगानीका परियोजनाका लागि उपयुक्त साझेदार बन्न सक्ने विषयमा पनि छलफल भएको थियो ।

भेटवार्ताको अन्त्यमा दुवै चेम्बरका प्रतिनिधिहरूले संस्थागत सहकार्य, नियमित व्यवसायिक भ्रमण तथा निजी क्षेत्रबीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेनबीचको व्यापार तथा लगानीलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.