• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • ७ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • ७ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • ७ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • १० घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १ दिन 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लोकप्रिय समाचार

  • १. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • २. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ३. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ४. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ५. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • ६. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ७. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ८. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • १०. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

जानकारी केन्द्र २०८३, श्रावण, ५

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘हिरोई बीएस६ स्कुल बस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । बसको शुभारम्भ एसएमएल महिन्द्रा लिमिटेडको नेपालका लागि कन्ट्री म्यानेजर सुमन नागपाल तथा लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले संयुक्त रूपमा गरेका हुन् ।

उक्त अवसरमा बोल्दै कम्पनीका प्रतिनिधिहरूले नेपालको विद्यालय यातायातलाई अझ सुरक्षित, आधुनिक र भरपर्दो बनाउने उद्देश्यका साथ हिरोई स्कुल बस नेपाली बजारमा ल्याइएको बताए ।

कम्पनीका अनुसार, यस बस नेपाल सरकारको विद्यालय बस सम्बन्धी सिट क्षमताको मापदण्डअनुसार ३६ सिटदेखि ५६ सिटसम्मका विभिन्न भेरियन्टमा उपलब्ध छ । विभिन्न विद्यालयको आवश्यकता र सञ्चालन प्रकृतिअनुसार उपयुक्त मोडल छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

हिरोई अत्याधुनिक बीएस६ फेज–टु (ओबीडी–२) उत्सर्जन मापदण्डअनुरूप निर्माण गरिनुका साथै यसमा इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल(ईएससी), हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फरमेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर एन्ड इकोनोमी ड्राइभिङ मोड जस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्, जसले सुरक्षा, इन्धन क्षमता र सञ्चालन कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ ।

यसका साथै बसमा फराकिलो तथा आरामदायी सिट व्यवस्था, उत्कृष्ट सस्पेन्सन प्रणाली, कम सञ्चालन तथा मर्मत खर्च, उच्च इन्धन क्षमता र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीको दैनिक यात्रालाई सुरक्षित, सहज र आरामदायी बनाउने उद्देश्यले डिजाइन गरिएको यस बस विद्यालय यातायातका लागि भरपर्दो विकल्प हुने कम्पनीको विश्वास रहेको छ ।

ग्राहक भेटघाट कार्यक्रममा कम्पनीले आफ्ना ग्राहक तथा व्यवसायिक साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको उपलब्धता, प्राविधिक सहयोग तथा आगामी योजनाबारे जानकारी आदानप्रदान गरेको थियो। कार्यक्रममा सहभागी ग्राहकहरूले कम्पनीको सेवा तथा नयाँ उत्पादनप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।

लक्ष्मी कमर्सियल भेहिकल्सले गुणस्तरीय उत्पादन, विश्वसनीय बिक्रीपछिको सेवा तथा नवीन व्यावसायिक यातायात समाधानमार्फत नेपाली ग्राहकको विश्वासलाई अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

  • महिन्द्रा
  • लक्ष्मी कमर्सियल भेहिकल्स
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

ताजा

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.