काठमाडौं । नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सी.जी. मोटर्स ले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्धारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।
कम्पनीका अनुसार, उपत्यकावाट वाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सी.जी. मोटर्स को प्रतिबद्धतालाई थप बल प्रदान गर्नुका साथै यो विस्तारले नेपालमा स्मार्ट, दियो र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढीरहेको यात्राको महत्वपूर्ण कदम हो । कार्यक्रममा पश्चिमाञ्चल अटोमावाइल्स डिलर्स एशोसियनका अध्यक्ष दिपेन्द कोईरालाले सी.जी. मोटर्स प्रा.लि.ले उपत्यकाबाट वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याएकोेमा धन्यवाद ज्ञापन गरेका थिए ।

ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा विक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक अनुभव गर्नेछ । सी.जी. मोटर्सले गुणस्तरीय सेवा र दिर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा कार्यक्रमका प्रमुख अतिथी मन्त्रि भिम कार्कीद्धारा सी.जी. मोर्टसलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सी.जी. मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चता प्रदान गदै आईरहेको बताइएको छ । यो व्यापक चाजिङ पुर्वाधारले सी.जी. मोटर्सलाई नेपालको सबै भन्दा विश्वनिय र भरपर्दो ई.भी. प्रदायकहरु मध्ये एक मात्र कम्पनीको रुपमा स्थापित गरिएको कार्यक्रमका सभापति सी.जी. मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले वताए ।

करिब १५० भन्दा ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरुलाई सवारी साधनको साँचो हस्तान्तरण गदै सी.जी.मोर्टसले उपत्यकता वाहिर पनि आफ्नो शाखा विस्तारको अभियानको शुरुवात गरेको जनाएको छ ।



