• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • ६ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • ६ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • ९ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • ९ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • ९ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ११ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • २. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ३. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ४. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ५. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • ६. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ७. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ८. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • १०. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

जानकारी केन्द्र २०८३, श्रावण, ६

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता, समावेशिता र प्रविधिमार्फत विद्यार्थीहरुलाई बदलिदो विश्व परिवेशमा कसरी सक्षम बनाउन सकिन्छ भन्ने बिषयमा सम्वादका लागि दक्षिण एसियाका विभिन्न देशमा शिक्षाको क्षेत्र काम गरिरहेका अग्रणी व्यक्तित्वहरुलाई एकै मञ्चमा सहभागी गराइदैछ । सम्मेलनमा निशुल्क रुपमा सहभागी हुने व्यवस्था गरिएको बताइएको छ ।

ब्रिटिस काउन्सिलले ‘साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ । तीन दिनसम्म सञ्चालन हुने यस अनलाइन सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरुको सहभागितामा विश्व परिवेशमा विद्यार्थीलाई सफलतापूर्वक अघि बढ्न उनीहरुलाई चाहिने सिर्जनशीलता, त्यसका लागि आवश्यक क्षमता तथा प्रभावकारी सञ्चार सीपलाई विद्यालयहरुले कसरी विकास गर्न सक्छन् भन्ने अहिलेको एक अहम् सवालमा बहस गर्न लागिएको हो ।

सम्मेलन २३–२५ जुलाई २०२६ मा हुँदैछ । दक्षिण एसियाका शैक्षिक प्रणालीले पाठ्यक्रमका अपेक्षा, प्रभावकारी मूल्याङ्कनको महत्व तथा विद्यार्थीको बदलिँदो आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीको पृष्ठभूमिमा सम्मेलन गर्न लागिएको जनाइएको छ ।

अझै पनि शैक्षिक र प्राज्ञिक तथा व्यवसायिक अवसरमा अंग्रेजी भाषा पहुँचको महत्वपूर्ण माध्यम भएपनि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाहरु भाषाको सिकाइमा मात्र सीमित नभई आलोचनात्मक सोच, आपसी सहकार्य, विद्यार्थीको स्वःक्षमता (एजेन्सी) र सहभागिता तथा सिकाइप्रतिको स्वामित्व विकास गर्ने शैक्षिक पद्धतिलाई अपनाउनेतर्फ अग्रसर छन् ।

यस्तो पृष्ठभूमिमा सम्मेलनले बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञहरुलाई एकै थलोमा भेला गरेर सिर्जनशीलतालाई प्रभावकारी सिकाइको एक मुख्य आधारका रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गराउन लागेको बताइएको छ ।

विविध भाषिक पृष्ठभूमिका विद्यार्थी अध्ययनरत कक्षाकोठालाई थप समावेशी कसरी बनाउन सकिन्छ, नवप्रवर्तनमुखी शिक्षण पद्धतिमार्फत उनीहरुको आवाजलाई कसरी सशक्त बनाउन सकिन्छ तथा कृत्रिम बुद्धिमत्ता एआई जस्ता नवीनतम प्रविधिलाई मानव केन्द्रित शिक्षण विधिको विकल्प भन्दा पूरकका रुपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषय लगायत सवालमा केन्द्रित रहेर सम्वाद हुनेछ ।

सम्मेलनका क्रममा मुख्य प्रस्तुति, प्रचलित अभ्यासमा आधारित छलफल तथा कक्षाकोठाका अनुभवसहितको सन्दर्भ सामाग्री र असल अभ्यासमार्फत सहभागीहरुले दक्षिण एसियाको साझा चुनौतीलाई आफ्नो स्थानीय सन्दर्भ अनुसार शिक्षा क्षेत्रका सरोकारवालाले कसरी समाधान गरिरहेका छन् भन्ने जस्ता बिषयबारे विस्तृत रुपमा बुझ्न पाउनेछन् ।

सम्मेलनले कक्षाकोठामा सिकाइलाई थप प्रभावकारी बनाउन आवश्यक शैक्षिक वातावरण निर्माण गर्ने तथा विद्यार्थीको अर्थपूर्ण सहभागिता र विविधतायुक्त पृष्ठभूमिका विद्यार्थीका लागि सिकाइका अवसर विस्तार गर्ने व्यवहारिक उपायबारे शिक्षकहरुलाई सहयोग गर्ने अवसर प्रदान गर्नेछ ।

सम्मेलन आयोजनाको सन्दर्भमा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘अहिले विश्व परिवेशमा विद्यार्थीले सफलता पाउनका लागि प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास गर्नु आवश्यक हुन्छ, त्यसका लागि सिर्जनशीलताको महत्वपूर्ण भूमिका छ । यस सम्मेलनमार्फत हामीले व्यवहारिक पक्ष, अनुसन्धानमा आधारित दृष्टिकोण तथा कक्षाकोठामा कार्यान्वयन सकिने शैक्षिक अवधारणा र रणनीतिबारे यस क्षेत्रका शिक्षक तथा सरोकारवालालाई अवगत गराउने अवसर प्रदान गर्नेछौं । तसर्थ, व्यवसायिक वृत्ति विकासका लागि सम्मेलन आयोजना गर्न पाउँदा हामी उत्साहित छौं र दक्षिण एसिया तथा विश्वका अन्य क्षेत्रका शिक्षाविद्लाई स्वागत गर्न आतुर छौं ।’

  • ब्रिटिस काउन्सिल
  • साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

ताजा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.