सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको हो।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि केही वृद्धि आएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको छ, जुन बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव कायमै छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १२० दशमलव ८८ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५९ दशमलव ६१ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

