मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका क्रममा प्रमाणित र अप-टु-डेट जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ। प्राकृतिक विपद्का बेला आफ्नो प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयासअन्तर्गत यो पहल सुरु गरिएको बताइएको छ ।
अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन्। उक्त सर्च गाइड मार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल बिपद्, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ।
यस गाइडमा प्राकृतिक विपद् तथा व्यक्तिगत क्षतिजस्ता दुःखद घटनाहरू के हुन् भन्ने जानकारीका साथै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग कसरी प्राप्त गर्ने र यस्ता घटनासँग सम्बन्धित कन्टेन्ट जिम्मेवारीपूर्वक कसरी शेयर गर्ने वा रिपोर्ट गर्ने भन्ने विषयमा पनि उपयोगी जानकारी समावेश गरिएको जनाइएको छ।
टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, “संकटका बेला सही जानकारी पनि अरू सहायताहरू जत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले हामीले समुदायले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराएका छौं, ताकि आवश्यक परेको बेला मानिसहरू सुरक्षित, संयमित र सही जानकारीसहित निर्धक्क रहन सकून्।”
यो पहल विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने टिकटकको दीर्घकालीन प्रतिबद्धताको हिस्सा हो। यस्ता सुविधा प्रयोगकर्ताको अनुभवमा प्रत्यक्ष रूपमा समावेश गरेर टिकटकले विश्वसनीय जानकारी र उपयोगी स्रोतहरूमा सहज पहुँच उपलब्ध गराउँदै आफ्नो समुदायलाई सहयोग गरिरहेको बताएको छ। साथै, मानिसहरूले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन सकून् भन्ने उद्देश्यका साथ सुरक्षित र उत्तरदायी प्लेटफर्म निर्माण गर्ने प्रतिबद्धता पनि टिकटकले निरन्तर कायम राखेको जनाएको छ।
टिकटक छोटा मोबाइल भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म हो। टिकटकको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र सबैमा खुसी बाँड्नु रहेको बताइएको छ । टिकटकका कार्यालयहरू लस एन्जलस, न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो लगायत विश्वका विभिन्न सहरहरूमा रहेका छन्।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
