स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार अघिल्लो आर्थिक वर्षका बाँकी दाबी तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्वीकृत भएका दाबी रकम चरणबद्ध रूपमा भुक्तानी गरिएको हो।
बोर्डले यसअघि असोज, कात्तिक र मंसिरसम्म प्राप्त तथा स्वीकृत दाबीको रकम निकासा गरिसकेको थियो। पछिल्लो चरणमा पुस महिनासम्म स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको जनाएको छ।
यस भुक्तानीसँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै दाबीको भुक्तानी सम्पन्न भएको बोर्डले स्पष्ट पारेको छ।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सेवा प्रदायक संस्थालाई समयमै दाबी भुक्तानी गर्ने नीति अपनाइएको छ। दाबी भुक्तानी प्रक्रिया नियमित, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुधारलाई निरन्तरता दिइएको बोर्डको भनाइ छ।
समयमै भुक्तानी हुँदा सेवा प्रदायक स्वास्थ्य संस्थाको वित्तीय व्यवस्थापन सहज हुने र स्वास्थ्य बीमा सेवाप्रति सेवाग्राहीको विश्वास थप मजबुत हुने अपेक्षा बोर्डले गरेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
