नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु
काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दै आफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरु गरेको छ।
नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार, छोटो अवधिमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
ग्राहकहरूले मोर्बिडेलीको आकर्षक स्टाइल, उत्कृष्ट इन्जिन प्रदर्शन, आधुनिक सुरक्षा प्रविधि तथा आरामदायी राइडिङ अनुभवको खुलेर प्रशंसा गरिरहेका छन्। यही सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा मोर्बिडेलीप्रतिको विश्वास अझ मजबुत बन्दै गएको कम्पनीको विश्वास छ।
यसैबीच, मोर्बिडेली नेपाल ले आगामी नाइमा अटो शो २०२६ मा बहुप्रतीक्षित मोर्बिडेली टि२५०एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको बताएको छ। एड्भेन्चर र टुरिङ रुचाउने मोटरसाइकल पारखीहरूलाई लक्षित गरी ल्याइने टि२५०एक्स ले आफ्नो आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिमार्फत नेपाली बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको कम्पनीको विश्वास रहेको छ।
मोर्बिडेली नेपालले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
सम्बन्धित समाचार
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

