विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
बेइजिङ । चीनको मौसम विज्ञान प्रशासन ‘सिएमए’ का अनुसार, प्रशान्त महासागरमा चलिरहेको ‘एल निनो’को प्रभाव अझ बलियो हुँदै गइरहेको छ र यो विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली बन्न सक्ने सम्भावना छ।
‘सिएमए’को राष्ट्रिय जलवायु केन्द्रको तथ्याङ्क अनुसार मध्य तथा पूर्वी भू–मध्यरेखीय प्रशान्त क्षेत्रमा मे महिनामै एल निनोको अवस्थाका लागि तोकिएको मापदण्ड पूरा भएको थियो र जुन महिनामा पनि सो क्षेत्रको समुद्री सतहको तापक्रम बढ्ने क्रम जारी रह्यो। जुलाईयता यसलाई सम्भावित शक्तिशाली एल निनो घटनाका रूपमा निगरानी गरिँदै आएको छ र यसको ‘सुपर एल निनो’ मा परिणत हुने सम्भावना बढ्दै गएको छ।
पूर्वानुमानहरूले यो घटना कम्तीमा आगामी वसन्त ऋतुसम्म कायम रहने सङ्केत गरेका छन्। यसको समग्र अवधि एल निनो घटनाहरूको ऐतिहासिक औसत (करिब १० देखि ११ महिना) को हाराहारीमा रहने देखिन्छ।
एल निनोलाई विश्वव्यापी जलवायुको ‘प्रवर्धक’मानिन्छ, जसले अत्यधिक गर्मीको लहर, खडेरी र भारी वर्षाजस्ता चरम मौसमी घटनाहरूको सम्भावनालाई परिवर्तन गर्छ। महासागर र वायुमण्डल बीचको अन्तरक्रियामार्फत शक्तिशाली एल निनोले विश्वव्यापी वायुमण्डलीय परिसंचरणमा परिवर्तन ल्याउन सक्छ र यसरी विभिन्न क्षेत्रहरूमा मौसमी जलवायुको ढाँचालाई पुनर्निर्धारित गर्न सक्छ।
राष्ट्रिय जलवायु केन्द्रकी प्रमुख मौसम पूर्वानुमानकर्ता चेन लिजुआनका अनुसार ऐतिहासिक तथ्याङ्कले देखाउँछ कि एल निनोले आफ्नो विकासको प्रत्येक चरणमा चीनको जलवायुलाई फरक फरक तरिकाले प्रभावित गर्छ।
गर्मीयाममा यसको विकासको चरणमा उत्तर पश्चिमी प्रशान्त क्षेत्रमा धेरै टाइफुनहरू अर्थात शक्तिशाली समुद्री आँधी उत्पन्न हुने सम्भावना हुन्छ । यस्ता आँधीहरू प्रायः शक्तिशाली हुन्छन्, दक्षिण पूर्वको टाढाको क्षेत्रबाट सुरु हुन्छन् र अधिक तीव्रताका साथ चीनको भू भागमा प्रवेश गर्छन्। यिनले चीनको दक्षिण पूर्वी र दक्षिणी तटीय क्षेत्रहरूमा तीव्र हावा र भारी वर्षा गराउनुका साथै उत्तरतर्फ सर्ने सम्भावना पनि बढाउँछन्।
शरद र हिउँद ऋतुमा जब एल निनो आफ्नो चरम अवस्थामा पुग्छ, तब दक्षिणी चीनमा सामान्यतया निकै बढी वर्षा हुन्छ। त्यसपछिको वसन्त र गर्मीयाममा जब यो घटना कमजोर हुँदै जान्छ, तब याङत्जे नदीको बेसिन र सो नदीभन्दा दक्षिणका क्षेत्रहरूमा बाढीको उच्च जोखिम रहन्छ।
विश्व मौसम विज्ञान संगठनद्वारा मे महिनामा सार्वजनिक गरिएको ‘विश्वव्यापी वार्षिक देखि दशक स्तरीय जलवायु अद्यावधिक (२०२६–२०३५) अनुसार आगामी पाँच वर्षसम्म विश्वको औसत तापक्रम कीर्तिमानी स्तरमा वा त्यसको हाराहारीमा रहने सम्भावना छ।
प्रतिवेदनमा भनिएको छ सन् २०२६ देखि २०३० को बीचमा कुनै एक वर्ष हालसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रहेको सन् २०२४ को कीर्तिमानभन्दा माथि पुग्ने सम्भावना ८६ प्रतिशत रहेको छ।
चेनका अनुसार ऐतिहासिक तथ्याङ्क र विज्ञहरूको विश्लेषणका आधारमा हेर्दा, शक्तिशाली ‘एल निनो’को प्रभाव प्रायः सो घटना भएको लगत्तैको वर्षमा चरम विन्दुमा पुग्ने गर्दछ। चेनले थपे कि वायुमण्डलमा महासागरको प्रभाव पर्नमा ढिलाइ हुने भएकाले एल निनो आफ्नो चरम तीव्रतामा पुगेको ६ महिनादेखि एक वर्षपछि मात्र विश्वव्यापी तापक्रममा यसको पूर्ण प्रभाव स्पष्ट रूपमा देखिने गर्दछ।
सम्बन्धित समाचार
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
सस्तोभन्दा सही छनोटतर्फ नेपाली उपभोक्ता : गुणस्तर, सेवा र दीर्घकालीन मूल्यमा बढ्दो ध्यान
जलवायु परिवर्तनले चीनको पर्यटक बुकिङ २७५ प्रतिशतले वृद्धि,
बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तीनमहिने निक्षेप संकलनको बोलकबोल
सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु

